काठमाण्डु, २० भदौ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले मुुलुक माओवादीको एजेण्डामै चलिरहेकोले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मोदीले भने, ‘अहिले सबै साथीहरु माओवादी केन्द्रको एजण्डा अनुसार नै चुनावमा जानुभएको छ, त्यसैले जित हाम्रो पहिल्यै नै भैसकेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मोदीले आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि आफ्नो पार्टी नै एक नम्बर हुने दाबी गरे । उनले थपे,‘हेर्दै जानुहोला, आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा हाम्रो पार्टीले श्रेष्ठता हासिल गर्छ, जनताहरुको अहिले हाम्रो पार्टीप्रति ठूलो जनलहर बढेको छ ।’

त्यस्तै उनले सुन तस्करीको बारेमा बोल्दै भने,‘सुन तस्कर मात्रै कुरा नगरौं, यो देशमा धेरै ठूला ठूला तस्करीहरु भैरहेका छन्, तस्करी जालोको रुपमा फस्टाएको छ, यसलाई समाप्त पार्न युवा नेताहरु नेतृत्वमा आउनुपर्छ ।’

राजपा नेपालका महासचिव केशव झाले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरे । उनले भने,‘हाम्रो प्रारम्भिक तयारी र आंकलन भनेको नै ९० सिट जित्ने हो, त्यही अनुसार व्यापक तयारी भैरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah