वीरगञ्ज महानगरपालिकामा मेयर उम्मेदवारको टिकट नदिएको भन्दै राष्ट्रिय जनता पार्टी पदाधिकारी समेत रहेका बिमल श्रीवास्तवले पार्टी परित्याग गरेका छन् ।

उनी तत्कालिन तमलोपामा पार्टी प्रवक्ता थिए भने, पंचायती छवी छाड्दै उनी तमलोपा प्रवेश गरेका थिए ।  ‘आफ्नो राजनीतिक कैरियर नै समाप्त गर्ने दाउमा राजपा नेतृत्व लागेपछि आफू सो पार्टी छाडेको’ उनले बताए । घटना र विचार डट कम ले लेखेको छ

थप कुरा उनले बोल्न चाहेनन् । यद्यपी समाचार श्रोतका अनुसार नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरि उनी वीरगञ्ज मेयरका लागि उम्मेदबारी दिने बताइएको छ ।

राजपा परित्याग गरेर फोरम लोकतान्त्रिकमा प्रवेश गरेका विमल श्रीवास्तवले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाएका छन् ।

यसैबीच, फोरम लोकतान्त्रिकले मंगलबार श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी यसअघि पनि वीरगञ्जको मेयर बनेका थिए ।

वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अजयकुमार द्विवेदीलाई मेयर र शान्ति कार्कीलाई उपमेयर बनाउने निर्णय गरेको छ ।

यसैगरी एमालेले बसरुद्धिन अन्सारी, माओवादीले रहबर अन्सारी र संघीय समाजवादी फोरमले विजय सरावगीलाई मेयरको उम्मेदवारको रुपमा अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah