काठमाडौं । दुई नम्बर प्रदेशमा स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उमेदवारी दर्ता जारी छ । आगामी असोज दुई गते प्रदेश नम्बर २ अन्तर्गतका १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तोकेको छ ।
आयोगले ढुक्क भएर उमेदवारी दर्ता पनि सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगले उमेदवारी दर्ता कार्यलाई सुव्यवस्थित र मर्यादित तरिकाले अगाडि बढाउन पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई निर्देशन पनि दिएको छ ।




