रुपन्देही । रुपन्देहीमा प्रेम सम्बन्धबारे भएको झडपमा ११ जना घाईते भएका छन् । त्यस्तै घाईतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ ।
प्रेम सम्बन्धबारेचुक्ली लगाएको भन्दै दुई छिमेकी परिवारबीच झडप भएको हो । घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवा र भीम अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
उनीहरु मनौवर अलि शेख र उनका छोरा हुन् । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको रोहिणी गाउँपालिका ६ विशुनपुराका मनौवर अलि शेख र छोटु यादव परिवारबीच भनाभन सुरु भएको थियो । छोटु यादवकी पत्नीले मनौरका छोरा उमरको प्रेम प्रसंगबारे गाउँमा किन बताएको भन्नेबारेबाट झगडा सुरु भएको थियो । झगडा बढ्दै जाँदा शेष परिवारले भालासहित आक्रमण गरेको थियो । यसपछि छिमेकी छुट्याउन पुगेका थिए । छुट्याउन गएका छिमेकी समेत घाइते भएका छन् ।
शेष परिवारका ३ र यादव परिवारतर्फबाट ८ जना घाइते भएको प्रहरी चौकी पिप्रहवाका प्रमुख सइ राजुबाबु बानियाँले बताए । उनीहरु महिम यादव, छोटु यादव, ताना यादव, रीमा यादव, शेषमान यादव, सुशीला यादव, छोटेलाल यादव, अमेरिका यादव, महिम उमर शेष मोहमद इशुक र अर्विन निशा हुन् ।
प्रहरीका अनुसार उपचारमा पठाइएबाहेकका पनि घाइते रहेको छन् । ‘साँझ ७ बजेतिरबाट झगडा सुरु भएको रहेछ ।’असइ बानियाँले भने ‘पौने ९ मा हामी पुग्दा मान्छेहरु रगताम्य भएर ढलेका थिए।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah