ललितपुर : उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेको विरोधमा मानव अधिकारकर्मीहरुले नेपालस्थित उत्तर कोरियाली दुतावास अगाडि विरोध प्रर्दशन गरेका छन । मानव अधिकार तथा शान्ति समाजको अगुवाईमा विहिवार ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दुतावास अगाडी १२ वजे देखि एक घण्टा नेपालीहरुले धर्ना दिएका हुन ।

संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको विरोधका बावजुद उत्तर कोरियाले पछिल्लो पटक भदौ १८ गते अत्यन्तै घातक मानिएको हाइड्रोजन बम परिक्षण गरेको थियो । उत्तर कोरियाली शासक किम जोङ उनको प्रत्यक्ष आदेशमा गरिएको हाइड्रोजन बम परिक्षको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया ,जापान लगायतका मुलुकले भत्सर्ना गर्दै आएका छन ।

मावन अधिकारकर्मी कृष्ण पहाडीले आफुहरु निर्दोष उत्तर कोरियाली जनताको पक्षमा रहेपनि त्यहाँका शासक किम जोङ उन र उनको आणविक परिक्षणबाट विश्वलाई धम्क्याउने सोचको सधै विरोधी भएको वताए । मानव अधिकारकर्मी पहाडीले कुनै पनि आणविक हतियार परिक्षण गर्ने कार्य तत्काल रोक्न समेत उत्तर कोरियाली दुतावास मार्फत अपिल गरेका छन ।

शान्ति समाजका अध्यक्ष डा गंगाधर अधिकारीले कोरियाली शासकद्धारा निरन्तर परिक्षण गरिएको आणविक अस्त्र ध्वंस र विनासको पर्याय भएको र विश्वबाट यस्ता प्रकारका अस्त्रहरु नष्ट गरिनु पर्ने वताए । अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah