दमकमा स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाइ अन्र्तरघात गरेको आरोपमा काँग्रेस महाअघिवेसन प्रतिनिधि घनेन्द्र सुब्बालाइ क्षेत्रिय कमिटीले कार्वाहीको सिफारीस गरेको बताईएको छ । सवाल नेपालमा उक्त कार्वाहीको सिफारीस गरिएको पत्र समेत प्राप्त भएको छ ।
भदौ २१ गते कार्वाहीका लागि गरिएको सिफारीसमा क्षेत्रिय अध्यक्ष ढुण्डिराज भण्डारी, सचिब चुडेन्द्र खड्का र कोषाध्यक्ष अनिल भण्डारीले हस्ताक्षर गरकाछन् । असहयोग गरेको र पार्टीका उम्मेद्वार बिपरीत मतदान गर्न मतदाता उक्साएको आरोप सुब्बालाइ लगाईएको छ ।

जिल्ला र केन्द्रलाइ नै सिफारीस पठाइएको बताईएको छ । यसैगरी अन्य नेताहरुलाइ पनि लिखित स्पष्टिकरण माग्ने र प्रमाण भेटिए कार्वाही गर्ने उक्त सिफारीस पत्रमा उल्लेख रहेको छ ।
श्रोतका अनुसार क्षेत्रिय समितिका पदाधिकारीहरु आफै गएर जिल्ला पार्टी कार्यालयमा कार्वाहीको सिफारीसको पत्र दर्ता गराएकाछन् । यसले काँग्रेस भित्र फेरी बिबाद शुरु भएको छ ।
केहि समय अघि नगर समितिले सुब्बालाइ कार्वाही गरेको भन्दै एउटा पत्र बाहिरिए पनि त्यसको खण्डन भएको थियो । त्यसलाइ स्वयं सुब्बाले समेत भ्रम फैल्याउन खोजिएको भन्दै खण्डन गरेका थिए ।



