महेन्द्रनगर : कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको छ। घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ।

करिब राति १० बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको थियो। महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलबाट घरतर्फ जादैँ गरेका दुवैजनालाई पिछा गर्दै आइरहेको मोटरसाइकलमा सवार दुई जनाको समूहले गोली प्रहार गरेको बताइएको छ।

कञ्चनपुरकै भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीले गोली प्रहार गरेको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरु बन्दुकसहित पक्राउ परेका छन्। गोली चलेको खबर पाउनासाथ पुगेको प्रहरीको टोलीले तत्काल छापा मारेर गोली प्रहार दुवैजना पक्राउ गर्न सफल भएको हो। गोली के कति कारणले चलाइएको भन्नेबारे केही खुलेको छैन्। प्रहरीले क्यासिनोबाट फर्किरहेका हुनाले उनीहरुसँग भएको रकम लुट्नका लागि गोली प्रहार गरेको हुन सक्ने आशंका गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेठीले घटनाबारे अनुसन्धान भइरहेकोले विस्तृत विवरण पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah