दमक जेसिजको ३६ औ बार्षिकोत्सव तथा जेसिज सप्प्ताह अन्र्तगत शुक्रबार बिहान झापाको दमकमा साइकल यात्रा भएको छ । शान्ति सम्भव छ भन्ने मूल नाराका साथ स्वास्थ्य र वातवरणका संरक्षणका लागि साइकल यात्रा गरिएको कार्यक्रमका संयोजक राज अग्रवालले बताए ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै जेसिजले समाज रुपाण्तरण र नेतृत्व बिकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले आफू पनि कुनै समयमा जेसिजमा आवद्ध भएको स्मरण गर्दै आफूलाइ अहिले पनि जेसिज अभियान मन परेको जनाइन् ।
जेसिज सप्ताहका मूल संयोजक सुयोग खरेलका अनुसार शनिबारसम्म बिभिन्न कार्यक्रमहरु रहेकाछन् । शनिबार होटल कात्यानि इनमा बक्तृत्वकला र समापन कार्यक्रम हुनेछ । जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम हुने खरेलले जनाए ।
दमक जेसिजका महासचिब चन्द्र खत्रीले सञ्चालन गरेको कार्यक्रममा जेसिसका अध्यक्ष गोबिन्दराज कट्ेलले कार्यक्रममा सहभागि हुनेहरुलाइ धन्यवाद दिएका थिए ।



