नेमकिपाका नेताले लाइभमै एमाले जस्तो राष्टघाती दलाल कोहि छैन भनेपछि झण्डै हात हालाहाल (भिडियो)
आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।
व्यवस्थापिका संसद्ले राजनीतिक दलसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेसँगै दलको मान्यताका लागि ल्याउनुपर्ने न्यूनतम मतसीमा निर्धारण भएको हो।
तर ‘थ्रेसहोल्ड’को यस्तो व्यवस्था लोकतान्त्रिक पद्धतिविरुद्ध भएको भन्दै संसद्मा प्रतिनिधित्व गर्ने साना दलहरुले नयाँ कानूनी व्यवस्थाको तीव्र विरोध गरेका छन्।
संसद्को उपसमितिदेखि नै विधेयकमा राखिएको ‘थ्रेसहोल्ड’को व्यवस्थाको विरोध गर्दै आएका साना दलहरुले विधेयक बहुमतले पारित भएलगत्तै संसद्मा नाराबाजी गरे।
साना दलहरुलाई सक्नका लागि यस्तो व्यवस्था गरिएको निष्कर्ष निकालेका सांसदहरुले विधेयकलाई पारित नगर्न र दलहरुबीचसमझदारी गर्न सभामुखलाई आग्रह गरेका थिए।
देशको यहि समसामयिक राजनैतिक स्थितिबारे माउण्टेन टेलिभिजनको आजको सन्दर्भमा एमाले नेता र नेमकिपा नेता बिचको चर्काचर्की हेर्न लगायक छ ।
थ्रेशहोल्डको सम्बन्ध भएको बादबिवाद यति नराम्रो चर्काचर्की भयो कि नेमकिपाको नेताले एमालेलाई राष्ट्रघाती , दलाल , समानुपातिक सभासद पदको बिक्रि गरि लाखौ पैसाको चलखेल गरेको आरोप लगाएका छन् ।
७ करोडमा एमालेले समानुपातिक सांसद बेचेको , महाकाली जस्तो राष्ट्रघाती सन्धि पास गर्न महत्वपूर्ण भूमिका खेल्दै देशलाई अराजकता तर्फ धकलेको गम्भीर आरोप पनि लगाए ।
सानो पार्टीहरुलाई धमाधम उपप्रधानमन्त्री दिएर तिनीहरुलाई सत्ताको स्वाद चखाउन सबै भन्दा धेरै एमाले नै लागेको आरोप लगाए ।
प्रचण्डले ओलीको दिमाग चेक गराउनु पर्छ भन्दै ओलीमाथि बिषबमन गर्ने प्रचण्डसंग नै मिलेर सत्ता समीकरण गरेको कुरालाई पनि उजागर गर्दै नेमकिपाका नेता प्रेम सुवालले एमालेका नेतालाई झन्डै हात नै हाले जस्तो दृश्य भिडियोमा देखिन्छ ।
हेर्नुस हिजोको भाइरल भिडियोको पुरा भाग बेजोड चर्काचर्की
नेपाली नेताहरुको कुटाकुट, ल हेर्नुस यो भाइरल अन्तवार्ताको पुर्ण भाग
नेमकिपाका नेताले लाइभमै एमाले जस्तो राष्टघाती दलाल कोहि छैन भनेपछि झण्डै हात हालाहाल (भिडियो)



