काठमाडौं,२४ भदौ । 

समानुपातिक उम्मेदवारको सूची पहिले बुझाउनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडै अस्वीकार गरेपछि निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक हुन सकेन । अन्नपूर्ण पोस्टमा खबर छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची पहिले र प्रत्यक्षको मनोनयन सूची दोस्रो चरणमा गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री देउवासँग गरेको थियो ।

प्रधानमन्त्रीको अडान
प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको छलफलमा आयोगले असोजको ६/७ गतेतिर समानुपातिक र कात्तिकको १० गतेभित्र प्रत्यक्षको मनोनयन दर्ता हुने चुनावी कार्यक्रम प्रस्ताव गरेको थियो । तर, प्रधानमन्त्री देउवाले प्रत्यक्षतर्फ टिकट नपाई असन्तुष्ट बन्ने पार्टीका नेतालाई समेट्न समानुपातिकको सूची दोस्रो चरणमा बुझाउने गरी निर्वाचन कार्यक्रम बन्नुपर्ने अडान लिएका थिए । सरकारले मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक दुई चरणमा गर्ने तय गरिसकेको छ ।

‘नत्र चुनाव हुने अवस्था छैन’
‘चुनाव गराउने हो भने आयोगले भनेको कार्यतालिकाअनुसार जानुपर्छ’, आयोगका एक आयुक्तले भने, ‘नत्र चुनाव हुने अवस्था छैन ।’ समानुपातिकको सूची पहिले बुझाउने कार्यक्रम नराखिए मतपत्र छाप्न कठिन हुने र त्यसो हुँदा निर्वाचन गर्न सक्ने वातावरण नहुनेतर्फ प्रधानमन्त्री देउवालगायत मन्त्रीलाई जानकारी गराइएको ती आयुक्तले बताए ।

‘मतपत्र छाप्न नसके केको चुनाव ? ‘ ती आयुक्तले भने, ‘आयोगले बनाएको कार्यक्रममा एक दुई दिन तलमाथि गर्न सकिएला । तर, प्रत्यक्षको मनोनयनपछि समानुपातिकको सूची बुझाउने कार्यक्रम राख्न सकिन्न ।’ आयोगले चुनावको एक महिनापहिले नै प्रत्यक्षको मनोनयन दर्ता गर्ने कार्यतालिका आन्तरिक रूपमा तयार गरेको छ । तर, प्रधानमन्त्रीसँगको विवादपछि आयोगले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको चुनावी कार्यतालिका रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah