नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई सही नेतृत्व दिन नसकेको आरोप लगाएकी छन् । आइतबार विराटनगरमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएकी हुन् ।
नेतृ कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताइन् ।
उनले भनिन्,नेपाली कांग्रेसलाई बलियो बनाउन राजनीतिमा रहेका कोइराला परिवारका डा. शेखर,शशांक र सुजाताको एक हुन आवश्यक छ । यो एकता कसैविरुद्ध नभई कांग्रेसलाई नै बलियो बनाउने उद्धेश्यका साथ भएको हो ।
नेत्री कोइरालाले २ नम्बर प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा देउवा पक्षले टिकट वितरणमा एकलौटी गरेको आरोप पनि लगाइन् ।



