सुखिलाल चौधरी
उदयपुर । संसारमा मान्छेको उमेर हदै बढी भए कतिसम्म होला ? सय देखि २ सय वर्षसम्मका हुन सक्छन् । तर, हजार वर्षभन्दा पनि माथि उमेर भएको मान्छे हाम्रै नेपालमा फेला परेको सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अच्चम मान्नु पर्दैन, उदयपुरको ताप्ली गाउँपालिका अन्तर्गत पर्ने रुपाटार–९ का राजबहादुर राउतको उमेर १ हजार ८ सय ७४ वर्ष भएको प्रमाण नै फेला परेको छ ।

आम नेपालीनागरिकको उमेर नेपाली नागरिताको प्रामाण पत्रले प्रमाणित गर्दछ । त्यही नागरिकताको प्रामाण पत्रलाई आधार मान्ने हो । राउतको उमेर अहिले दुई शताब्दी पुगि सकेको छ । अर्थात एक हजार ८ सय ७४ वर्ष पुगेको हो ।‘खै मेरो नागरिकतामा मेरो उमेर एक हजार ८ सय ७४ वर्ष पुगेको छ रे,’ राज बहादुर राउतले भने, ‘मेरा बाबा र आमाले भनेअनुसार मेरो जन्म २००० साल हो र हाम मेरो उमेर ७४ वर्ष पुग्नु पर्ने हो ।’

 

एक हजार ८ सय ४५ वर्ष पुगेको ४÷८६०÷१२३५ नम्वर रहेको नागरिकता राउतको नाममा टोली प्रमुख सुरेन्द्र नाथ आर्यालयले नागरिकता २०४४ साल चैत्र २९ गते प्रमाणित गरेका छन । अहिले राउतको उमेर ७४ वर्ष पुगेको छ ।त्यसपछि २०७३ साल असार २० गते नागरिकाताको पहिलो प्रतिलिपी इलाका प्रशासन कार्यालय कटारीबाट लिएका छन । नागरिकताका अनुसार राउतले २०४४ सालमा जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गाँउमा गएको टोलीबाट लिएका हुन् ।

उनको जन्म मिति वि.सं २००० साल हो तर, दुई÷दुई पटक नागरिकता बनाउँदा समेत जन्म मिति वि.सं २०० साल लेखिदिए । जन्मेको महिना र गतेसम्म उल्लेख गरिएको छैन । नागरिताको आधारमा ७४ वर्षे बृद्ध राउतको उमेर अहिले एक हजार ८ सय ७४ वर्ष भयो । जुन सरकारी कर्मचारीकै गल्ती हो । ‘नागरिताको फोटो देखाउँदै पत्रकार जीवनाथदाहालले भने, ‘सेवाग्रहीप्रति सरकारी निकायका कर्मचारी गम्भिर नबन्दा बृद्धाको उमेर दुई शताब्दी पुग्यो ।’

यता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी लिएका राउतको जन्म मिति समेत राम्ररी नहेरी प्रतिलिपी दिने इलाका प्रशासन कार्यालयका कटारी शाखा अधिकृत सुनिल पौडेल रहेका छन् । पौडेलले पनि कुनै त्रुटि नऔल्याइकन प्रमाणित गरेका हुन् । २०४४ सालमा गाँउमा गएको टोलीबाट विग्रेको नागरिकता २०७३ साल असार २० गते पहिलो प्रतिलिपी बनाउँदा पनि सच्चिएन । इलाका प्रशासन कार्यालय कटारीका प्रमुख शाखा अधिकृत सुनिल पौडेलले तत्काल सच्चाउने बताए ।

उनले भने– ‘०४४ सालमा टोलीले बनाएको नागरिता हराएपछि अभिलेख गाईघाट थियो । गाईघाटबाट प्mयाक्स मगाएर हतारमा काम गरेका थियांै । त्यो लेख्ने बहिनी हुनुथ्यो, निशा परियार । निशा परियारले समेत वि.सं २०० नै राखि दिनु भएछ । धेरै भीडभाड भएकाले मैले पनि हेरिन, सिधै प्रमाणित गरेर पठाइ दिए । अहिले मैले थाहा पाएँ । अव प्रशासन कार्यालय कटारी मार्फत ताप्ली गाँउपालिकामा पत्र लेखेर सम्बन्धित व्यक्तिको खोजी गरेर सच्याउँछौ । बृद्धको नागरिकतामा जन्म मिति नसच्चिनु कार्यालय प्रमुखको हैसियतले म दोषी हुँ । अव सच्चिने छ ।’

यता उदयपुर जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बृद्धाको नागरिताको ढड्डा हेरेर मात्र बताउन सकिने बताए । ‘बृद्धाको नागरिताको ढड्डामा मिस्टेक भएको भए सोच्नु पर्ने हुन्छ,’ उनले भने, ‘होईन २००० हुने ठाँउमा २०० नै रहेछ भने सच्याउँदा हुन्छ, कुनै सिफासिर पनि चाँहिदैन ।’ प्रजिअका अनुसार ढड्डाभन्दा बाहिर गएर मन लग्दी कर्मचारीले गरेको ठहर भए ऐन अनुसार कारवाहीहुने छ ।

बृद्धको नागरिकता बनाउँदा कर्मचारीको समेत लापरवाही हुन्न भन्ने कुरा पुष्टि भएको छ । यसरी २००० हुने पर्ने ठाँउमा २०० लेख्ने कर्मचारीले फेक नागरिकता नदेलान भन्ने कुनै ग्यारेन्टी छैन । २०४४ सालमा गँउमा नागरिकता बनाउन गएका टोली प्रमुख सुरेन्द्र नाथ आर्चालयले नदेखेको क्रुटी इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले समेत देखेन्न ।

टोलीप्रमुख र इलाका प्रशासनले नागरिकता बनाउँन त्यति सजिलो छैन । हरेक कागजातहरू अध्ययन गरेर फाँटवालाले प्रशासकीय अधिकृत हुँदै प्रमुख जिल्ला अधिकारी÷टोली प्रमुख वा इलाका प्रशासन कार्यालय प्रमुखसम्मले चेक जाँच हुन्छ नै । चेक जाँच भएर मात्र प्रमुख व्यक्तिले रातो मसीले प्रमाणित गुर्न पर्छ । तर, प्रक्रियासम्म पुग्दा पनि कसैको आँखा परेको छैन । जन्म मिति नहेर्नु टोली प्रमुख र इलाका प्रशासन प्रमुखको लापरवाही प्रष्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah