नेपाल आइडलबाट टप ३ मा आउन सफल गायक निशान भट्टराइ भोली दमक आउने भएकाछन् । उनि भोली मंगलवार पूर्वका बिभिन्न शहरहरुमा आफ्ना समर्थकहरुमाझ आउने क्रममा दमक आउन लागेकाहुन् ।
सामान्य अवस्थामा गीत गाँउदै राजधानी पुगेका भट्टराइ चर्चित सेलिब्रेटी भएर मंगलवार बिहान काठमण्डौबाट बिराटनगर पहिलो उडानमा आउने र बिभिन्न स्थानीय शहरहरुमा समर्थकहरुलाइ धन्यवाद दिने कार्यक्रम रहेको बताइन्छ ।

निशान भटट्राइ जिताउ अभियान दमककी संयोजक तथा संगीत गुरु कमला खनालले आफ्नो फेसबुकमार्फत यस बिषयमा जानकारी दिएकीछन् । बिराटनगर, धरान, बेलवारी, बिराटचोक, उर्लाबारी हुदै दमक र समय रहेको अवस्थामा बिर्तामोडसम्म पुग्ने जनाईएको छ ।
उनलाइ भब्य स्वागत गर्नका लागि शुभचिन्तक तथा समर्थकहरुले तयारी शुरु गरिसकेकाछन् । बिभिन्न ठाँउमा उनको सहयोगका लागि बनेका समितिहरुको अगुवाइमा उनलाइ सम्मान समेत गरिने बताइन्छ ।




