प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड तोडेर आज फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

२०५२ सालमा ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै लगातार आलोचना भैरहेको भए पनि त्यसलाई तोडेर सोमबार ३ मन्त्री र १ राज्यमन्त्री थप गर्दैछन् ।

३ जना मन्त्रीको केहीबेरअघि राष्ट्रपति निवास शितलनिवासमा सपथ ग्रहण भैसकेको छ ।
ad

राज्यमन्त्रीको केहीबेरपछि सपथ हुने भएको छ ।

कमल थापा नेतृत्वको राप्रपा विभाजन भएर बनेको राप्रपा प्रजातान्त्रिकबाट ३ मन्त्री र १ राज्यमन्त्री थप भएका छन् ।

राप्रपा प्रजातान्त्रिकबाट सोमबार विज्ञान तथा प्रविधि मन्त्रीमा दिपक बोहोरा, उद्योग मन्त्रीमा सुनिल थापा र विक्रम पाण्डेले वन मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । राप्रपा प्रजातान्त्रिकबाटै रेशम लामाले उद्योग राज्यमन्त्रीको सपथ लिँदैछन् ।

४ जना थपिएपछि देउवा नेतृत्वको सरकार ५४ सदस्यीय हुनेछ । यो भन्दा अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकार नेपालको इतिहासमा दोस्रो ठुलो आकारको सरकार हो ।

दाहाल नेतृत्वमा ५० सदस्य मन्त्रिपरिषद् बनेको थियो । त्यसअघि २०६८ सालमा तत्कालिन नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah