निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित भएको भन्दै गम्भिर असन्तुष्टि व्यक्त गरेको छ । आयोगले निर्वाचनको मुखमा मन्त्रीपरिषद् विस्तार गरेर विधी र प्रक्रियाको ठाडो उल्लंघन भएको बताएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन शान्तिपूर्ण रुपमा गराउने र आचारसंहिता कार्यन्वयन गर्नुपर्ने महत्वपूर्ण सरकारी निकायबाट नै विधी र प्रक्रियाको उल्लघंन भएको भन्दै अन्तुष्टि जनाउनु भयो ।
यद्यपी आयोगले मन्त्रीपरिषद् निर्वाचन आचारसंहिता विपरित भएपनि कारवाही भने हुन नसक्ने स्पष्ट पारेको छ । आचारसंहितामा मन्त्रिपरिषद् विस्तार गर्न नपाईने भनेर उल्लेख नभएकाले कारवाही भने हुन नसक्ने आयोगको भनाई छ ।
तर, प्रमुख आयुक्त यादवले भने २ नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन आउन करिव १ साता मात्रै बाँकी रहेका वेला मन्त्रीपरिषद् विस्तार गरेर सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको आरोप लगाउनु भयो । २ नम्वर प्रदेशमा स्थानीय तह निर्वाचन आउन केहीदिन मात्रै बाँकी रहँदा मन्त्रीपरिषद विस्तार कार्यले राम्रो सन्देश नगएको आयोगको धारणा छ ।



