मनोज भुजेल, इटहरी । हाल बेलायतमा रहेकी लिला लिम्बुको पहलमा इटहरीका बाढी पिडितहरुको घर पूर्ननिर्माणको लागी जस्तापाता सहयोग गरिएको छ । इटहरी निवासी लिम्बुको सकृयतामा बेलायतमा रहेका नेपालीको आर्थिक संकलनबाट उठेको एक लाख १० हजार नगदले इटहरी ४ स्थित गैरीगाँउका २६ घर परिवारलाई जस्तापाता सहयोग गरिएको हो ।
२६ परिवारलाई १० पाताका दरले जस्ता उनका दाई एवम इटहरीका युवा समाजसेवी देवराज मादेन मार्फत सेड्स क्लब इटहरीको आयोजनामा राहत स्वरुप जस्ता सहयोग गरिएको थियो । इटहरी ४ गैरीगाँउ सबै भन्दा बढी क्षति पुगेको स्थान हो । बिदेशमा रहेर पनि आफनो ठाँउ विपत्तमा पर्दा आर्थिक संकलन गरेर पठाइएको रकमले पिडितको आबश्कता अनुसार जस्ता हस्तानतरण गरिएको देवराज मादेनले बताए ।

राहतमा धेरै राजनिति देखिएको कारण पनि स्थानिय सरकारलाई जानकारी गराएर सेड्स क्लब मार्फत प्रभाबित क्षेत्रमा पुगेर जस्ता बितरण गरिएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कवि मनु मञ्जिलले पिडित परिवारलाई जस्तापाता हस्तानतरण गदै कार्यक्रमको शुरुवात गरेका थिए ।

यस्तै कार्यक्रममा ४ नं वडाका तिन मृतक परिवारका सदस्यलाई जनही ५ हजारको दरले आर्थिक सहयोग समेत गरिएको छ । व्यवसायी एवम समाजसेवी सारदा ढकालको पहलमा मृतक परिवारलाई आर्थिक सहयोग गरिएको हो । यस्तै बाढीले बगाउदा ज्यान जोगाउन सफल सानुमाया राईलाई पनि मादेन परिवारको तर्फबाट ५ हजार नगद सहयोग गरिएको छ । इटहरी ४ मा बाढीबाट पूर्णरुपमा घर गुमाएका पिडितको घर पूनंनिर्माणको लागी अझै पनि बेलायतबाट सहयोग प्राप्त हुने मादेनले जानकारी दिए ।




