सहबान अन्सारी नवलपरासी
कला र गला की धनी गायीका सरु गौतम उत्कृष्ट महिला अवार्ड जित्न सफल भएकी हुन। कला संस्कृतीको जगेर्ना गर्दै देश देखी विदेश सम्म नेपाल र नेपालीको पहिचान बनाउन सफल भएकी गायीका सरुलाई अवार्डले सम्मान गरिएको हो।
आफ्नै शब्द तथा टंक बुढाथोकीको संगित रहेको “के यो माया हो “बोलको गित ओएस नेपाल म्युजिक अवार्ड २०७४ मा लोमिनेशनमा पर्न सफल भएको थियो।
उक्त समारोहमा आधुनिक महिला गायीका मध्ये उत्कृष्ट पाँचमा पर्न सफल हुनु भएकी सरुलाई श्रोता,दर्शक, सुभचिन्तकहरुको भोटको आधारमा सर्वोकृष्ट गायीकाको सुचीमा पर्न सफल भएपछि ओएस नेपालको अवार्ड बितरण कार्यक्रममा गायीका गौतमलाई उत्कृष्ट महिला अवार्ड बाट सम्मानित गरिएको हो।
“अपार माया हाम्रो कहिले टुटदैन” बोलको सु मधुर गित बाट साङ्गितिक यात्रा सुरुआत गरेकी गायीका गौतमले आफ्नो सु-मधुर आवाजले “साईला मेरो साईला,तिम्रो र मेरो सम्बन्ध छुटयो ” जस्तो गितहरुनिकै चर्चामा रहेको थियो।



