सर्वोच्च अदालतले बहुप्रतिक्षित आईजीपी विवादसम्बन्धी रिटमा आज फैसला सुनाउने भएको छ। तत्कालीन प्रधानन्यायधीश सुशिला कार्की सहित सर्वोच्च अदालतका पाँच न्यायधीश सम्मिलित बृहद् पूर्ण इजलासले दिएको परमादेश विपरीत सरकारले  प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको भन्दै आईजीपीका प्रत्यासी डीआईजी नवराज सिलवालले  २०७३ चैत्र ३० गते सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई सम्पन्न गरी सर्वोच्चले आज आफ्नो फैसला सुनाउने मिति तय गरेको थियो।

प्रधानन्यायधीश गोपाल पराजुलीको नेतृत्वमा न्यायधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी समेत गरी सात न्यायधीश सम्मिलित बृहद् पूर्ण इजलासले सिलवाल र अर्यालको भाग्य फैसला गर्नेछ ।

सर्बोच्चले फैसलाको तयारी गरेपछि हालका आईजीपी प्रकाश अर्याल केही हताश देखिएको प्रहरी मुख्यालय स्रोतको दाबी छ । पछिल्लो समयको डीएसपी सरुवापछि करिब १ महिनादेखि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग उनको सम्बन्ध चिसिएको छ । आईजीपी अर्यालले २२ दिनको प्रयासपछी दुई दिन अगाडी मात्रै प्रधानमन्त्री देउवालाई भेट्ने मौका पाएका थिए ।

भेटको क्रममा प्रधानमन्त्री देउवाले आईजीपी अर्याललाई हप्काउदै तुरुन्त राजीनामा दिएर मैदान खाली गर्न निर्देशन दिएको बालुवाटार स्थित प्रधानमन्त्रीको निजि सचिवालय स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाको उक्त निर्देशनपछी गृहमन्त्री जनार्दन शर्माको शरणमा पुगेका अर्यालले त्यहाँपनि सोही आशयको जवाफ पाएपछि निराश भएर फर्किएको गृह स्रोतको दाबी छ।

उच्च स्रोतका अनुसार आईजीपी अर्यालको सचिवालयका केही अधिकृतहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध मिडियाबाजी गरेको, पूर्व आइजीपी उपेन्द्रकान्त अर्यालको डिजाइन अनुसार कामकाज गरेको, बढुवामा आफु निकटकालाई अगाडि ल्याउनको लागि अनेक गैरकानुनी हर्कत गरेको र विभागीय मन्त्रीलाई गुमराहमा पारेको भन्दै गृहमन्त्री शर्मा आईजीपी अर्यालसँग रुष्ट छन् ।

प्रधानमन्त्री र गृहमन्त्री नै आफ्नो विरुद्धमा उभिएपछि दैनिक कामकाजमा समस्या हुने भन्दै राजीनामा दिने मनस्थिति बनाएको प्रहरी मुख्यालय स्रोत बताउँछ । राजीनामा दिने बिषयमा उनले पछिल्लो समय आफू निकटका व्यक्तिहरुसँग सल्लाह सुझाव लिइरहेका छन्।

आईजीपी अर्यालले राजीनामा दिएमा अघिल्लो सरकारले आईजीपी नियुक्ति गरेपनि सर्वोच्च अदालतको आदेशले पदवहाली गर्न नपाएका हाल वरीयताको दोश्रो नम्बरमा रहेका एआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने प्रधानमन्त्री देउवाको चाहना रहेको बुझिएको छ ।शुशासन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah