सहबान अन्सारी /नवलपरासी
धादीङको बिशालटारमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। मंगलवार बिहान काठमान्डौ देखी छुटेको बस लु २ ख ६६३० नम्बरको बस बेनीघाट रोराङ गाऊपालिकाको बिशालटारमा बस अनियन्त्रित भई सडक बाट तल खसेपछि बसमा सवार ४४ जना मध्ये करिब ३१ जना घाईते भएका थिए ।
गम्भीर घाईते मध्ये नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बस्ने ६१ बर्षिय रामाशंकर सिहंको सानेपा स्टार हास्पिटलमा उपचारको क्रममा ज्यान गएको हो र अर्को गम्भिर घाईते भएका सुस्ता गाऊपालिका वडा नं ५ बच्चा रावको ट्रामा सेन्टरमा उपचारकै क्रममा ज्यान गएको जिल्ला ट्रर्फिक कार्यालय गजुरीले जनाएको छ! यी दुबै मृतक नवलपरासी स्थित जन जागृती मा. बि. गुठी परसौनीका पुर्व शिक्षक हुन । पुर्व शिक्षक बच्चा रावको पेन्सन पट्टा बनाउनको लागी दुबै जना करिब २ दिन पहिला काठमान्डौ गएका थिए ।



