वल्र्डलिंकले ‘ए हजुर कता स्क्र्याच गरौं यता’ अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले लक्की ड्रमा हरेक साता १२ वटा ४३ इन्चको सामसङ फोर के टीभी र बम्पर पुरस्कारस्वरूप एउटा फोर्ड एस्पायर काय जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
यसैगरी स्योर सट अफरमा प्रत्येक ग्राहकले तीन महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्म नि:शुल्क इन्टरनेट या १ हजार नगद फिर्ता पाउने पनि कम्पनीको विज्ञप्तिमा छ ।
वल्र्डलिंकका अनुसार १२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिना नि:शुल्क सेवा या २ हजार नगद फिर्ता पाउने योजना पनि रहेको छ । भदौ २७ देखि मंसिर २७ सम्म जारी रहने यो अफर अवधिमा ग्राहकले भुक्तानी गर्दा एउटा स्क्र्याच कार्डसमेत पाउनेछ ।



