कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रदेश नं. २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति हुने दावी गरेका छन्। बार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मधेशको अधिकारका लागि आफ्नो पार्टीले लडेको उल्लेख गर्दै असोज २ गते हुने स्थानीय तहको चुनावमा माओवादी पहिलो पार्टी बन्ने दावी गरे।

चुनावी अभियानका क्रममा लामो समय दुई नम्बर प्रदेशमा बसेर फर्किएका प्रचण्डले मधेश र पहाडबीचको दूरी कम गर्न राष्ट्रिय पार्टीले चुनाव जित्नुपर्ने खाँचो औल्याए। उनले भने, ‘दुई नम्बर प्रदेशका नागरिकलाई राष्ट्रियतासंग जोड्नका लागि पनि राष्ट्रिय पार्टीले चुनाव जित्नुपर्छ, यसले मात्र राष्ट्रियता बलियो बनाउँछ।’

पहाडमा भन्दा मधेशमा निर्वाचन बढी खर्चिलो र पैसाको व्यापक चलखेल हुने गरेको प्रचण्डले बताए। उनले भने, ‘एउटै भोजमा दश क्वीन्टलसम्म मासु, रक्सीको व्यापक प्रयोग देखि एक जना मतदातालाई साडीमा १ हजार रुपैयाँ राखेर दिने गरेकोले पाइयो।’

मधेशमा पञ्चायतदेखि बुथ कब्जा गर्नेहरु अहिलेसम्म रहेको भन्दै रक्सी र मासु खुवाएर बुथ कब्जा नगरे माओवादी मधेशमा पहिलो शक्ति बन्ने सम्भावना रहेको दावी गरे। उनले बुथ कब्जा गर्नेहरुको विशेष निगरानी राख्न र कडा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रीलाई आग्रह गरिएको बताए।

–अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah