https://youtu.be/oW4eJrpFtnE

बिष्णुप्रसाद पोखरेल
दमक । प्रहरीको सेटिङमा नै होटलहरुमा यौनधन्दा चल्ने गरेको र अन्य बिभिन्न तस्करी हुने गरेको बताउदै यस्तो कार्य रोकिनु पर्ने सेवाग्राहीले बताएपछि प्रहरीले यस्तो नभएको बताएको छ ।

इलाका प्रहरी कार्यालयले आफ्ना कार्यालयप्रतिका गुनासा सुन्न र सुझाव दिन आयोजन गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागिहरुले होटलमा हुने गरेको यौनजन्य गतिबिधिको सन्दर्भ र बालुवा तथा अन्य सामाग्रिहरु तस्करीको बिषयमा कुरा उठाएपछि प्रहरीले यस्तो हुन नसक्ने बताएको हो ।

होटल ब्वसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगालले केहि होटलहरुका कारण पुरै होटल क्षेत्र नै बद्नाम भएको बताउदै सबैलाइ एउटै आँखाले नहेर्न आग्रह गरेका थिए । स्वच्छ र मर्यादित रुपमा ब्यवसाय गर्ने वातवरण मिलाउनका लागि उनले आग्रह गरेका थिए ।

https://youtu.be/oW4eJrpFtnE

होटल ब्यवसायी तथा केहि नागरिकहरुले प्रहरीले होटलहरुमा सेटिङ नमिल्दा र अनाआवश्यक रुपमा छापा मारेको भन्दै यस्तो कार्य रोक्न माग गरेका थिए । नागरिक सुनुवाइमा सेटिङमा बालुवा तस्करी लगायतका कार्यहरु हुने गरेको भन्दै प्रहरीसंग यस बिषयमा जवाफ मागेका थिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले आफू सेटिङको बिषयमा कुरा उठदा छक्क परेको बताए । त्यस्तो हुन नसक्ने बताउदै कहाँ त्यसरी भएको छ देखाउन उनले आग्रह समेत गरेका थिए । कसैलाइ पनि कानून बिपरीत काम गर्न छूट नदिइने समेत बताएका थिए ।

इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले प्रहरीप्रति आएका गुनासा तथा बिभिन्न समस्याहरुको सामधान बिस्तारै हुदै जाने बताए । उनले नागरिकको सकारत्मक सुझावहरुको कार्यन्वयन गरिने प्रतिबद्धता जनाए ।

https://youtu.be/oW4eJrpFtnE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah