काठमाडौं, २७ भदौ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले केहीबेरमा राजीनामा घोषणा गर्ने उनीनिकट स्रोतले बतायो ।दैनिक नेपाल अनलाइनले लेखेको छ ।
यसअघि आजै अपराह्न सर्वाेच्च अदालतले आईजीपीमा बढुवा गर्दा आफूलाई अन्याय भएको भन्दै सिलवालले दायर गरेको रिट खारेज गरेको थियो । सर्वाेच्चबाट रिट खारेज भएपछि सिलवालले नैतिकताका आधारमा राजीनामा गर्ने निर्णय लिएका हुन् । उनल विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गर्नेछन् ।



