आगामी असोज २ गते प्रदेश २ का आठ जिल्लास्थित १ सय ३६ ओटा स्थानीय तहमा हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै जाँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको अवस्था खस्किएको छ ।

नेकपा माओवादी केन्द्र र मधेशी दललाई साथमा लिएर एमाले मुक्त मधेश बनाउने सपना साँचेको कांग्रेसले ती कुनै योजना पूरा हुन नसकी पछिल्लो दिनमा झन झन कमजोर बनेपछि चुनावी कमाण्ड हाँकिरहेका नेता बिमलेन्द्र निधि तनावले बेहोस हुनुभएको छ । कांग्रेस नेता एवम् पूर्वउप्रधानमन्त्री निधि तनाव बढेपछि बिहीवार भोट माग्दा माग्दै जनकपुरमा बेहोस हुनुभएको हो ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन प्रदेश २ मा कमाण्ड सम्हाल्नु भएका निधिी जनकपुरमा विहीबार रोड शोको अगुवाई गर्दै गर्दा निधि एक्कासी बेहोस हुनुभएको थियो । अत्यधिक गर्मी, भिडभाड र तनावका कारण निधिको स्वास्थ्य अवस्था बिग्रिएको चिकित्सकले जनाएका छन ।

निधिलाई चिकित्सकको सुझाव : अत्यधिक गर्मी, भिडभाड र तनावका कारण स्वास्थ्य अवस्था बिग्रिएको हो, तनावमुक्त रहेर आराम गर्नाेस

‘अत्यधिक गर्मी, भिडभाड र तनावका कारण स्वास्थ्य अवस्था बिग्रिएको हो, तनावमुक्त रहेर आराम गर्नाेस,’ उपचारपछि निधिलाई चिकित्सकको सुझाव थियो । उच्च रक्तचाप र मधुमेहका बिरामी निधिलाई गर्मीका कारण असहज भएर चक्कर आएपछि कार्यकर्ताहरुले सम्हालेका थिए। निधिलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगिएको थियो । अस्पतालमा करिब एक घण्टासम्म स्वास्थ्यउपचार गरेपछि चिकित्सकले अवस्था सामान्य भएको भन्दै आराम गर्न सुझाव दिएका छन ।

चिकित्सकको सुझावपछि अहिले निधि अस्पतालबाट जनकपुरस्थित सीता प्यालेश होटलमा आराम गरिरहनु भएको छ । पछिल्लो एक सातादेखि निधि आफ्नो गृहजिल्लामा चुनावी माहौल बनाउन दिनरात सभा, गोष्ठी गर्दै आएका छन । उनी घरदैलो कार्यक्रममा समेत सहभागी भएको हुनाले तनाव र दौडधुप बढी भई स्वास्थ्य अवस्था बिग्रिएको चिकित्सकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah