माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूलाई धुरन्धर कम्युनिष्ट दाबी गर्छन् । समयको हावा चिनेर कम्युनिष्ट आन्दोलनलाई सही दिशामा बहाउन सक्ने आफू नेपालको एक मात्र नेता भनी आफै घोषणा गरि हिँड्ने प्रचण्ड कति कम्युनिष्ट हुन् कति होइनन्, त्यो उनको व्यवहार तथा वर्तमान जीवनशैलीले दर्शाएकै छ । अझ ठोस किसिमले प्रचण्डको चिनारी दिन सक्ने पात्र चाहिँ उनैका गुरु मोहन वैद्य बाहेक अर्को हुन सक्दैन ।

कुनैबेला प्रचण्डलाई अत्यन्त माया गर्दै सैद्धान्तिक एवम् राजनीतिक ज्ञान दिएर अघि बढाएका मोहन वैद्यले प्रचण्ड कम्युनिष्ट नभई कम्युनिष्टको नौटंकी गर्न सिपालु पात्र मात्र भएको खुलासा गरिदिएका छन् । प्रचण्डसँग छुटेर अलग बाटो रोजेपछि नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष भएर रहेका वैद्यले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डकोे बारेमा ठाउँ पाएसम्म नंग्याइदिने गरेका छन्, जो शनिबार रुपन्देहीमा पनि वैद्यले दर्शाइदिए ।

किरण नामले चिनिने वैद्यले नेपालका कम्युनिष्टले वामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकै बदनाम गरिरहेको चर्चा गर्दै माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता नहुने खुलासा समेत गरिदिए ।

प्रचण्डले माओवादीबाट अलग भएका सबै दलहरु पुनः एकीकृत हुँदैछन् भनी भाषण गर्ने गरेको सन्दर्भबारे प्रष्ट्याउँदै वैद्यले भने, ‘प्रचण्डसँग अब हाम्रो कुनै कुरा मिल्दैन, बरु उनको कुरा कांग्रेससँग मिल्छ, एकता नै गर्न मन भए कांग्रेससँगै गर्दा सुहाउँछ ।’ बैद्यले बरु विप्लवहरु सच्चा कम्युनिष्ट हुन् भन्दै विप्लव, मसालका नेताहरुसँग एकताको वार्ता चलिरहेको खुलाए ।

उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउँदै बैद्यले आफ्नो पार्टी मुलुककै वैकिल्पक शक्तिका रुपमा उदयमान हुने दाबी गरेर उपस्थित सबैलाई चकित तुल्याए । घटना र विचार बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah