मनीषा चम्लागाईँ,

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले नेपालको पुर्वी भेग र मध्य तराई भेगका बाढी पीडित विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । झापामा बाढीबाट प्रभावित विद्यार्थीका लागि नेविसंघ केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा राहत वितरण भएको हो ।

कचनकवल गाँउपालिका ५ पाठामारीमा भएको राहत वितरण कार्यक्रमको सभापतित्व जानकी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण गणेशले गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्य नेविसंघ केन्द्रीय महामन्त्री कुन्दनराज काफलेले गरेका थिए । कार्यक्रममा नेविसंघ केन्द्रीय उपाध्यक्ष राम प्रसाद अधिकारी, नेपाल विद्यार्थी संघ सह महामन्त्री माधव ढकाल, नेविसंघ केन्द्रीय सदस्य सन्तोष उप्रेती, नेविसंघ झापा कार्यवाहक अध्यक्ष राजेन्द्र उपे्रती लगायत नेविसंघ झापाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विद्यालय पोशाक, शैक्षिक सामग्री र नगद लिएर काफ्ले आफैँ कचनकवलका प्रभावित विद्यार्थीहरु माझ पुगे । पिडाको यसघडीमा राहत वितरण गर्न पुर्वी क्षेत्रमा आउँदा आत्मसन्तुष्टि मिलेको काफ्ले बताए । उनले भने, ‘नेविसंघ विपतको सारथी हो, विद्यार्थीहरुको हक हितमा काम गर्ने संगठन भएकाले हामी पीडित विद्यार्थीहरु माझ आएका हौँ । पोशाक र शैक्षिक सामग्री गरेर १२ लाख बराबरा सामग्री वितरण गरिएको काफ्लेले बताए।

राहत लिएर पुगे जति विद्यालयका सबै विद्यार्थीलाई राहत प्रदान गरेको नेविसंघ झापा कार्यवाहक अध्यक्ष उप्रेतीले बताए । यस भन्दा अघिपनि सप्तरी, सिराह, महोत्तरी, बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा राहत वितरण गरिएको नेविसंघ केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए । विशेषगरी आदिवासी समुदायको बसोबास रहेको यस गाँउपालिकामा अधिकांश परिवार बाढीको चपेटामा परेका छन् । प्रत्येक विद्यालयमा नै पुगेर नेवि संघले राहत बाडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah