दुई नम्बर प्रदेशमा उम्मेदवारहरुले गरेको खर्च देखेर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र रामशरण महतले निष्कर्ष निकालेका छन् – यही अवस्था रह्यो भने लोकतन्त्र रहन्न।

‘म भर्खरै प्रदेश नम्बर दुईको भ्रमण सकेर फर्किएको छु, एउटा नगरपालिकाको मेयर लड्नलाई कम्तिमा एङ्क करोड खर्चिने अवस्था मैले देखेँ,’ पौडेलले भने, ‘यो अवस्थाले राजनीति गरेकाहरू पाखा लाग्ने। गुण्डा, व्यापारी र माफियाहरूले टिकेट पाउने अवस्था पैदा भएको छ।’ उनले यही अवस्था कायम रहेमा देश चाँडै माफियाको हातमा जाने र लोकतन्त्र पनि नरहने बताए।

नेता पौडेलले ‘सुशील कोइराला सोसलिस्ट युथ सर्कल’को उद्घाटन गर्दै पौडेलले राजनीति आदर्श र विचारभन्दा पनि पैसा र पावरबाट निर्देशित हुन थालेको भन्दै त्यही कारण लोकतन्त्र खतरामा पर्न लागेको बताए। यस बिषयको समचार पहिलोपोष्टले लेखेको छ ।

‘यस्तो समयमा राजनीतिलाई निष्ठा विचार र आदर्शमा हिँडाउन सकिएन भने न त राजनीति सम्मानित बन्न सक्छ न त लोकतन्त्रलाई नै जोगाउन सकिन्छ,’ पौडेलले भने, ‘तपाईँ युवाहरू पनि कमाउन चाहनुहुन्छ भने व्यापार व्यवसायमा लाग्नुहोस्। देशका लागि केही दिन सक्छु दुःख गर्नका लागि तयार छु भन्ने भए मात्र राजनीतिमा लाग्नुहोस्।’

१३ औं महाधिवेशनमा राजनीति अपमानित भएका कारण आत्महत्या गर्न मन लाग्छ भन्दै भाषण गरेका पौडेलले युवाहरूले काम नगरे लोकतन्त्र नै धरापमा रहेको दोहोर्याए।

‘हाम्रो पालमा भएको निष्ठाको राजनीतिले हामी त यहाँसम्म आयौं। जे जति भए पनि गर्न सकिएकै छ,’ पौडेलले युवातर्फ फर्किएर भने, ‘यही अवस्था कायम रह्यो भने भोलिको राजनीति सम्भव छैन। लोकतन्त्र जोगाउन पनि सम्भव छैन।’

कांग्रेस नेता रामशरण महतले पनि प्रदेश नम्बर दुईको निर्वाचनबाट फर्किएपछि राजनीति गर्ने मान्छेहरू पाखा लाग्ने अवस्था देखेको बताए।
‘एकजना बामपन्थी नेता गर्वका साथ भन्दै थिए  (नाम तभनौं मलाई उहाँले विश्वासले भनेको)- मैले यो नगरमा १० करोड लगानी गरेको छु,’ महतले भने, ‘एउटा नगरमा १० करोड लगानी हुन्छ भने त्यो पैसा कहाँबाट आयो भन्ने सिधै थाहा हुन्छ। त्यो भ्रष्टाचारबाट आएको हो।’

उनले कांग्रेसका उम्मेदवारहरूले पैसाकै कारण आत्तिएर फोन गर्ने गरेको बताए। ‘एकजना कांग्रेसको उम्मेदवारले ‘चारकठ्ठा जग्गा बेचेर चुनाव लडेको पैसा सकियो अरुले करोडौं खर्च गरे मैले सकिनँ,’ भनेर फोन गर्दै थिए,’ महतले भने, ‘अब एउटा गाउँपालिकाको चुनाव लड्न चार कठ्ठा जमिन बेचेर पुग्दैन भने राजनीति कसले गर्ने?’

उनले युवाहरूलाई खादा माला र मायाको चिनो जस्ता खर्च हुने काम पनि बन्द गर्न आग्रह गरे।

विद्यार्थी नेता निलण्ठ रिजालले २०५४ सालमा आफूहरू भटमास, चिउरा र पानी खाएर चुनाव प्रचारमा हिँडेको भन्दै अहिले युवाहरू बियर र मासु भएमात्र प्रचारमा निस्कने गरेको बताए। ‘बियर र मासु भए मात्र चुनाव प्रचार गर्न निस्कने कार्यकर्ता कस्ले बनायो,’ रिजालले भने, ‘यो जस्तो नेता त्यस्तै कार्यकर्ता भएको हो।’ दुई नम्बर प्रदेशमा उम्मेदवारहरुले गरेको खर्च देखेर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र रामशरण महतले निष्कर्ष निकालेका छन् – यही अवस्था रह्यो भने लोकतन्त्र रहन्न।

‘म भर्खरै प्रदेश नम्बर दुईको भ्रमण सकेर फर्किएको छु, एउटा नगरपालिकाको मेयर लड्नलाई कम्तिमा एङ्क करोड खर्चिने अवस्था मैले देखेँ,’ पौडेलले भने, ‘यो अवस्थाले राजनीति गरेकाहरू पाखा लाग्ने। गुण्डा, व्यापारी र माफियाहरूले टिकेट पाउने अवस्था पैदा भएको छ।’ उनले यही अवस्था कायम रहेमा देश चाँडै माफियाको हातमा जाने र लोकतन्त्र पनि नरहने बताए।

नेता पौडेलले ‘सुशील कोइराला सोसलिस्ट युथ सर्कल’को उद्घाटन गर्दै पौडेलले राजनीति आदर्श र विचारभन्दा पनि पैसा र पावरबाट निर्देशित हुन थालेको भन्दै त्यही कारण लोकतन्त्र खतरामा पर्न लागेको बताए।

‘यस्तो समयमा राजनीतिलाई निष्ठा विचार र आदर्शमा हिँडाउन सकिएन भने न त राजनीति सम्मानित बन्न सक्छ न त लोकतन्त्रलाई नै जोगाउन सकिन्छ,’ पौडेलले भने, ‘तपाईँ युवाहरू पनि कमाउन चाहनुहुन्छ भने व्यापार व्यवसायमा लाग्नुहोस्। देशका लागि केही दिन सक्छु दुःख गर्नका लागि तयार छु भन्ने भए मात्र राजनीतिमा लाग्नुहोस्।’

१३ औं महाधिवेशनमा राजनीति अपमानित भएका कारण आत्महत्या गर्न मन लाग्छ भन्दै भाषण गरेका पौडेलले युवाहरूले काम नगरे लोकतन्त्र नै धरापमा रहेको दोहोर्याए।

‘हाम्रो पालमा भएको निष्ठाको राजनीतिले हामी त यहाँसम्म आयौं। जे जति भए पनि गर्न सकिएकै छ,’ पौडेलले युवातर्फ फर्किएर भने, ‘यही अवस्था कायम रह्यो भने भोलिको राजनीति सम्भव छैन। लोकतन्त्र जोगाउन पनि सम्भव छैन।’

कांग्रेस नेता रामशरण महतले पनि प्रदेश नम्बर दुईको निर्वाचनबाट फर्किएपछि राजनीति गर्ने मान्छेहरू पाखा लाग्ने अवस्था देखेको बताए।
‘एकजना बामपन्थी नेता गर्वका साथ भन्दै थिए  (नाम तभनौं मलाई उहाँले विश्वासले भनेको)- मैले यो नगरमा १० करोड लगानी गरेको छु,’ महतले भने, ‘एउटा नगरमा १० करोड लगानी हुन्छ भने त्यो पैसा कहाँबाट आयो भन्ने सिधै थाहा हुन्छ। त्यो भ्रष्टाचारबाट आएको हो।’

उनले कांग्रेसका उम्मेदवारहरूले पैसाकै कारण आत्तिएर फोन गर्ने गरेको बताए। ‘एकजना कांग्रेसको उम्मेदवारले ‘चारकठ्ठा जग्गा बेचेर चुनाव लडेको पैसा सकियो अरुले करोडौं खर्च गरे मैले सकिनँ,’ भनेर फोन गर्दै थिए,’ महतले भने, ‘अब एउटा गाउँपालिकाको चुनाव लड्न चार कठ्ठा जमिन बेचेर पुग्दैन भने राजनीति कसले गर्ने?’

उनले युवाहरूलाई खादा माला र मायाको चिनो जस्ता खर्च हुने काम पनि बन्द गर्न आग्रह गरे।

विद्यार्थी नेता निलण्ठ रिजालले २०५४ सालमा आफूहरू भटमास, चिउरा र पानी खाएर चुनाव प्रचारमा हिँडेको भन्दै अहिले युवाहरू बियर र मासु भएमात्र प्रचारमा निस्कने गरेको बताए। ‘बियर र मासु भए मात्र चुनाव प्रचार गर्न निस्कने कार्यकर्ता कस्ले बनायो,’ रिजालले भने, ‘यो जस्तो नेता त्यस्तै कार्यकर्ता भएको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah