नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानून मन्त्री अग्नि खरेलले प्रतिनिधिसभाको आसन्न निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत हासिल गरी पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् ।

आज झापाको बिर्तामोडमा नेकपा एमाले जिल्ला प्रचार विभागले आयोजना गरेको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खरेलले भने, ‘हाम्रो पार्टीका अध्यक्ष केपी ओलीको अनुहार कसैलाई मन परेको होस् वा नपरेको होस्, आज मुलुकको केन्द्रीय राजनीति उहाँकै वरिपरी घुमिरहेको छ । र, जनताले मन फुकाएर मत हाल्ने अवसर पाउँदा एमालेले स्पष्ट बहुमत प्राप्त गर्न सक्छ र ओलीकै नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै छ ।’

नेपाली कांग्रेस र माओवादी केन्द्रको वर्तमान संयुक्त सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाउनुको सट्टा छलछाम गरेरै अघि बढ्न चाहिरहेको भन्दै एमाले नेता खरेलले वर्तमान सरकार जोत्न लागेको लोते गोरुजस्तो भएको टिप्पणी गरेका छन् । ‘सिर्कनु नहानी सरकार हिँड्दै हिँड्दैन’, नेता खरेलले भने, ‘सरकारको ध्यान कसरी छलछाम गर्न सकिन्छ भन्नेमै रहेको देखिन्छ ।’ उनले कानून बनाउँदा पनि सरकारले प्रतिपक्षी दलसँग कुनै छलफल र परामर्श नगरेको आरोप लगाएका छन् ।

चालू व्यवस्थापिका संसदको अवधि कात्तिक ४ गते सकिन लागेको भए पनि आवश्यक निर्वाचन ऐन तथा कानूनहरु सरकारले संसदमा छलफलका लागि नल्याएको भन्दै एमाले नेता खरेलले राष्ट्रियसभा निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका लागि हालसम्म कुनै ऐन प्रस्ताव नगरिएको जानकारी गराए । यसैबीचमा सभामुख लामो समयका लागि विदेश भ्रमणमा निस्कन लागेकाले सोको साटो कानून निर्माणलाई प्राथमिकता दिन नेता खरेलले सरकारको ध्यानाकर्षण पनि गराए ।

एमाले नेता खरेलले प्रदेश नम्वर–२ को स्थानीय तहमा पनि एमाले पहिलो शक्ति हुने बताए । ‘मधेश र मधेसी जनताप्रति एमालेको आशा विश्वास र भरोसा डग्मगाउँदैन’, उनले भने, ‘एमालेलाई उनीहरुले जिताएरै छोड्छन् ।’ नेता खरेलले आफू मनोनित र समानुपातिकबाट सांसद बनिसकेकाले अब प्रतक्ष्यतर्फबाट निर्वाचित हुने चाहाना पनि सुनाए ।

एमालेका दर्जनौं नेताको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता प्रचार विभाग प्रमुख माधब बिद्रोहीले गरेका थिए भने सञ्चालन विभागका सचिव गोपाल काफ्ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah