बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक स्थित बसपार्कमा संघीय इकाई प्रहरी कार्यालय चन्द्रगढीका प्रमुख पिताम्बर अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरी आफै अघि सर्दै बस रोके । प्रहरीले यसो गरेपछि सवारी चालक छक्कमात्रै परेनन् रातो न पिरो हुदै गाडिबाट तल झरे ।

एकाएक उनको गलामा खादा र निधारमा रातो टिका लगाएर हातमिलाउदै एसएसपि अधिकारीले सम्मान गरेपछि सवारी चालकहरु अचम्ममा परे । सधै गाडि रोक्न लगाएर लाइसेन्स, मापसे र गाडिको कागजपत्र खोज्ने प्रहरीले सम्मान गरेपछि अचम्मित त पर्ने नै भए ।
दमक जेसिजको संयोजन र इलाका ट्राफिक प्रहरी कार्याललय दमकको आयोजनामा दूर्घटना न्यूनिकरण महाअभियान अन्र्तगत सवारी चालक सम्मान कार्यक्रमको सोमबार बिहानको दृश्य हो यो ।
https://www.youtube.com/watch?v=cF1jXrhSXvE
एसएसपि अधिकारीले दूर्घटना न्यूनिकरणका लागि सकारत्मक सन्देश दिन र सवारी चालकलाइ जिम्मेवारबोध गराउन यो कार्यक्रम अत्यन्त प्रभावकारी लागेको बताउदै यो देशभर गर्नु पर्ने बताए ।
सवारी चालकहरुलाइ पनि अधिकारी आफैले दूर्घटनाको कारण नबन्नका लागि सुझाव दिए । यात्रुहरुलाइ सकुशल रुपमा गन्तब्यमा पुर्याउन भूमिका खेल्ने चालकले आफ्नो कर्तब्य र दायित्व भूल्नु नहुने भन्दै सुझाव दिए ।
त्यसलाइ प्रष्ट्याउदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीले असोज १ गतेदेखि प्रदेश नं. १ हरन निषेधित क्षेत्र बनेको भन्दै यसको पालना गर्नका लागि पनि अनुरोध गरे ।
त्यसभन्दा अगाडि भएको औपचारिक कार्यक्रममा एसएसपि अधिकारी, प्रहरी निरिक्षक ढुण्डिराज गिरी लगायतले दूर्घटना न्यूनिकरणका लागि नागरिकहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
दमक जेसिजका अध्यक्ष गोबिन्दराज कट्टेलले आफूहरु नै आयोजक बसेर महाअभियानलाइ सफल बनाउन लागेको बताए । उनले यो सबैको दायित्व भएकाले आफूहरुले पनि दायित्व सम्झेको जनाए ।
कार्यक्रम दमक जेसिजका महासचिब चन्द्र खत्रीले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा एसएसपी अधिकारीले आफ्ना भनाइ राखेको र सवारी चालकको सम्मान गरेको हुर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=cF1jXrhSXvE



