बिष्णुप्रसाद पोखरेल
दमक /झापाको दमकको मुख्य बजारमा ब्यापारीहरुले रु १ सय मा रातको समयमा हेरचाहका लागि सुरक्षागार्ड पाएकाछन् । सोमबारदेखि मुख्य बजार तथा घिमिरे मार्केट तथा नमूना बजार आसपासको हेरचाह गर्न नीजि सुरक्षागार्ड राखिएकाहुन् ।

बारम्बार रुपमा दूले चोरको बिगबिगि भएपछि र लागुऔषध प्रयोगकर्ताहरु आएर हैरान लगाएपछि स्थानीय ब्यवसायीहरुको अगुवाइ र दमक उद्योग बाणिज्य सघको संयोजनमा नीजि सुरक्षागार्डहरु राखिएकाहुन् ।

दमक उद्योग बाणिज्य संघका सदस्य तथा बजार ब्यवस्थापन उपसमितिका संयोजक टिका प्रशाइका अनुसार सोमबार बेलुका देखि नीजि सुरक्षागार्डहरुको ब्यवस्था गरिएको छ ।

तत्काल ४ जना नीजि सुरक्षागार्डहरु रहनेछन् । उनका अनुसार सुरक्षागार्डको ब्यवस्थापनका लागि एक पसल बराबर मासिक १ सय रुपियामात्र उठाइएको प्रशाइले जनाए । केहि समय अघिदेखि नै राख्ने तयारी भएपनि अहिले सम्भव भएको उनको भनाइ रहेको छ ।

प्रहरीसंग समन्वय गरेर नै नीजि सुरक्षा गार्डहरुले काम गर्ने बताईएको छ । स्थानीय ब्यापारीहरुले बारम्बार रुपमा सटर फोरेर सामान चोरी भएको र लागु औषध प्रयोगकर्तादेखि लिएर शकाश्पद ब्याक्तिहरुको चहलपहल हुने गरेपछि ब्यवसायीहरुले सुरक्षाको माग गरेका थिए ।

चाडपर्वको समयमा अझ यस्ता गतिबिधि बढ्न सक्ने भएपछि समयमा नै सचेत भएर आफ्नो सुरक्षाका लागि ब्यापारीहरुले आफै तदारुकता देखिएको समेत जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah