नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमितिका एक उपाध्यक्ष सहित ८ सदस्य चुनिएका छन् । उपाध्यक्षमा डा नारायण विक्रम थापाले जितेका छन् ।
सदस्यहरुमा डा कालुसिंह खत्री, डा सुनिलकुमार शाह बि, डा अंकुर शाह, डा कृष्ण खरेल, डा शिवजी पौडेल, डा विश्वराज दवाडी, डा खुश्वु प्रिया र डा मनोजमान श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु आगामी चार वर्षका लागि चुनिएका हुन् ।
डा कालुसिंह खत्रीले सबैभन्दा धेरै मत ३६ सय ४५ पाएका छन् भने निर्वाचित मध्ये सबैभन्दा कम पाउने डा मनोजमान श्रेष्ठले १८८८ मत पाएका छन् ।
कसले कति मत पाए ?
उपाध्यक्ष
डा नारायण विक्रम थापा २५१० (विजयी)
डा पुष्पमणि खरालले २४५८
डा सतिश देव १८९८
सदस्य
१. डा अमित चतुर्वेदी ८८०
२. डा अनिरा वैद्य ८६३
३. डा अंकुर शाह ३०३१ (विजयी)
४. डा भागवत भट्टराइ १०३३
५. डा विजयकुमार चौधरी ७३५
६. डा विना श्रेष्ठ १८६८
७. डा विपेश आचार्य १५२८
८. डा विश्वराज दवाडी २२४५ (विजयी)
९. डा दिपेन्द्र नौलाखा ११६२
१०. डा कालुसिंह खत्री ३६४५ (विजयी)
११. डा खुस्बु प्रिया २११२ (विजयी)
१२. डा किष्ण खरेल २३९३ (विजयी)
१३. डा कुशराज गिरी ९६१
१४. डा मनोजमान श्रेष्ठ १८८८ (विजयी)
१५. डा निरज अर्याल १२४४
१६. डा प्रमोदकुमार साह ६९२
१७. डा प्रमोदकुमार सराफ ७१६
१८. डा प्रमोदकुमार यादव १३३९
१९. डा रामजीवन प्रसाद ७४९
२०. डा रोहितकुमार मिश्रा १८५१
२१. डा साभाना प्रधान ९१६
२२. डा शक्ति बस्नेत ११५४
२३. डा शिवजी पौडेल २३६५ (विजयी)
२४. डा सुमन काफ्ले १४२४
२५. डा सुनिलकुमार शाह (ए) ७५७
२६. डा सुनिलकुमार शाह (बि) ३०३० (विजयी)
२७. डा सुरेशप्रसाद नेपाल १५८८



