काठमाडौं । सांसद गगन थापाले काठमाडौं उपत्यकामा १० वर्षभित्र पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधनमा रोक लगार्इ विद्युतिय सवारी साधनको मात्र प्रयोग गर्ने संकल्प प्रस्ताव संसदमा दर्ता गरेका छन् । प्रस्तावमा सांसदहरु रामेश्वर फुयाल, दीपक प्रसाद कुईकेल, कौशर शाह र कान्ता भट्टराईको समर्थन छ ।

काठमाडौं उपत्यकाको वायू प्रदुषणको प्रमुख पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधन भएको भन्दै उनले त्यसमा रोक लगाउने र विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । थापाले दर्ता गरेको संकल्प प्रस्तावमा भनिएको छ, ‘संसदले आगामी दश बर्ष भित्र अर्थात् सन् २०२७ सम्म काठमाडौं उपत्यका र सन् २०३१ सम्म नेपालभर नै पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण सवारी साधनको विक्री तथा वितरणमा पूर्ण रुपमा रोक लगाई विद्युतिय सवारी साधनको मात्र प्रयोग गर्ने गराउने घोषणा र संकल्प गर्नुपर्ने ।’

संसदको घोषणा र संकल्प कार्यन्वयनका लागि कार्यतालिकासहित कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तिय र संरचनागत व्यवस्था गरि कार्यन्वयन गर्न सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ । सांसद थापाले विद्युतिय गाडीहरुको प्रयोग बढाउन आवश्यक प्रोत्साहनको लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नु पर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधन पुर्णरुपमा रोक नलगाउँदासम्म प्रभावकारी जाँच तथा अनुगमन गर्न र मापडदण्ड नपुगेका सावारी साधन बन्द गर्ने संकल्प संसदले गर्नु पर्ने प्रस्तावमा उल्लेख छ ।
काठमाडौं उपत्यकाको काठमाडौंमा प्रदुषण द्रुततर गतिमा वढिरहेको र २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले ‘जनस्वास्थ्य संकटकाल’को रुपमा लिएको भन्दै उनले भनेका छन्, वायुमण्डलीय प्रदुषणमा करिब ६० प्रतिशत हिस्सा गाडीहरूको धुवाँका कारणले भएको देखिन्छ । यो अवस्थालाई तुरुन्तै नरोक्ने हो भने काठमाडौं उपत्यकावासीले झनै अकल्पनीय भयाभहको अवस्थाको सामना गर्नुपर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah