पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीका रुपमा आएको छ । सजिलोसँग होइन, तपाईहरुलाई थाहा छ । मान्छे मारेर रोक्न खोजियो एमालेलाई । एमालेका कार्यकर्ता पहिलो चरणमा मारे, दोस्रो चरणमा पनि मारे । कुटे घाइते बनाए, बुथ कब्जा गरे, लुटे, मतपत्र च्याते । जति गर्दा पनि एमाले पहिलो पार्टी भयो । प्रदेश नम्बर २ मा एमालेलाई पछाडि पार्नका लागि अनेक जाल झेल षडयन्त्र भएको छ । तर, पनि नेकपा एमाले देशको पहिलो पार्टी भयो भयो । बैशाख ३१ गतेको चुनाव असोज २ गतेसम्म किन आइपुग्यो भन्दा कस्तो गर्दा एमालेलाई हराउन सकिन्छ त्यसका लागि । तर, पनि एमालेलाई हराउन सम्भव छैन ।

प्रदेश नम्बर २ मा हामीले अलिकति लचिलो खुकुलो नीति लिएका छौं । किन भन्नु ? तपाईंहरुले अलि पछि आफैं थाहा पाउनुहुन्छ । किन एमालेले अलिकति नरम नीति लिएको छ ? एमालेसँग डराएका छन् । सवै भेला भएर एमालेका विरुद्ध आएका छन् । त्यसो हुनैपथ्र्याे मेरो विचारमा । यहाँ नेपाल पक्ष र अरुको इसारामा चल्ने दलाल पक्ष छन् । नेपालको हितको पक्षमा, नेपालको स्वाभिमानको पक्षमा, नेपालको सार्वभौमसत्ताको पक्षमा, नेपालको स्वतन्त्र हैसियतको पक्षमा, यस देशको भौगोलिक अखण्डताको पक्षमा नेकपा एमाले छ । दुनियाँले सुन्नेगरी म एमालेका तर्फबाट भन्न चाहन्छु, जो जो जता लागे पनि एमाले राष्ट्रको पक्षमा छ । यसमा हामीले अलिकति पनि स्वर दवाउनु पर्ने वा टाउको लुकाउनु पर्ने छैन । यो देश हाम्रा पूर्खाले मागेर ल्याएको होइन । लडेर बनाएको देश हो । अहिलेको सरकार जस्तो अन्त गएर हजुर हामीलाई बनाइदिनु पर्यो, मिलाईदिनु पर्यो भनेर अरुले मित लगाइदिएर, अरुले जोडिदिएर बनेको सरकार जस्तो यो देशको अस्तित्व अरुले जोगाइदिएको होइन । हाम्रा पूर्खाले लडेर जोगाएको ।

आजको परिस्थितिमा लड्नु पर्दैन, नझुकेर अड्यो भने मात्रै पनि हाम्रो देशको स्वाभिमान बच्छ । तपाईंहरुलाई थाहा छ हामीलाई नाकाबन्दी लगाएर झुकाउन खोज्दा अडेर नझुकेर नाकाबन्दीलाई परास्त गर्यौं । केही केही यो सरकारमा हुनेहरु मैले बोलेको सुनेर पनि डराउँछन् । नाकाबन्दीलाई नटेरेर फिर्ता पठाइदे भन्छ, आब्बुई भन्छन् । झसङ्ग हुन्छन् । कस्तो बोल्या भन्छन् । भएको कुरा होइन र त्यो ? हाम्रो मित्र भारतले हामी नेपाली जनता जो भूपरिवेष्ठित छौं, हाम्रो बाटो छेकेर हाम्रो दानापानी, तेल, स्कूल कलेज औषधी केही नचल्नेगरी बन्द गरिदियो । औषधी खान नपाउने हुन्छ ? एउटा मित्रले त्यसो गर्नु हुन्थ्यो ? हुँदैनथ्यो । गलत गर्या हो । त्यो किन भन्न नसक्ने ? फेरि पनि मित्रले त्यस्तो गर्नु हुँदैन । हामीबाट गल्ती भयो, एकपल्ट भन्नु त पर्यो । त्यति पनि छैन । यहाँ छन् केही । हजुर त्यो एमालेलाई एक्ल्याउनु पर्छ । हजुरले लगाएको नाकाबन्दी देखिसहेन भनिरहेका छन् । अनि दिल्लीमा गोष्ठी सेमिनार टेलिभिजनका कार्यक्रम हुन्छन् । इफ् केपी ओली कम्स ब्याक द्यान डिजाष्टर इण्डिया भन्छन् । केपी ओली फेरि फर्कियो सत्तामा भने भारतका लागि त सर्वनाश हुन्छ । उहाँहरु त्यो भनिरहनु भएको छ । उहाँहरुले नै बोलेको भाषा हो मैले तपाईंहरुलाई भनिदिएको । भारतको लागि ठूलो धक्का लाग्छ रे, केपी ओली फक्र्याे भने । यस देशमा कसलाई यहाँका जनताले छान्छन्, कसलाई यहाँको पार्लियामेन्टले छान्छ, त्यो सहनु पर्दैन एउटा छिमेकीले ? कुनै पनि हालतमा फलानालाई आउन दिनु हुँदैन, त्यसका लागि यो नालायक समीकरणलाई कायमै राख्नु पर्छ, हामीले अह्राएको मान्ने समीकरणलाई बलियो बनाउनु पर्छ, हामीसँग टक्कर लिन खोज्ने केपी ओलीलाई आउनु दिनु हुँदैन । उहाँहरु यस्तो छलफल खुलेआम गर्नुहुन्छ । अचम्म अर्काे देशमा पो ।

म सबैलाई भन्न चाहन्छु । अवको नेपाली जनता अलमलमा पर्नेवाला छैन । अलमलमा पथ्र्याे भने एमाले पहिलो पार्टी बन्दैनथ्यो । के गर्न बाँकी राख्या हो र ? मान्छे मार्ने, कुट्ने,  बुथ लुट्ने देखि लिएर मतपत्र च्यात्नेसम्म । कुन कुन संस्था प्रयोग गरिएन ? केही बाँकी नराखी प्रयोग गरियो । तैपनि जनता उठेपछि । राणा शासन ढल्यो, राजतन्त्र गयो, जनता उठेपछि । कमिलालाई काल आएपछि पंखेटा पलाउँछ । कांग्रेस पार्टी यस्तो हो सत्तामा गएपछि उसका पंखेटा पलाइहाल्छ । अनि जनताले त्यसलाई साइजमा ल्याइहाल्छ ।

यो गरिव देशमा हेर्नुस् त, ५६ जना मन्त्री पुर्याइसके । यिनीहरु देश बनाउन होइन खान जन्मेका हुन् । त्यसकारण जसरी पनि खान्छन् । ५६ जना मन्त्री किन चाहियो ? अहिले के चुनाव गराउन मन्त्री पुगेन कि ? प्रधानमन्त्री लाज नमानी भन्नुहुन्छ, अझै थप्छु । निर्वाचन आयोग भन्छ, आचार संहिता पालना गर । तर, मानिलिउँ उहाँहरुको कान छैन, मुख मात्रै छ । कसैले भनेको सुन्नुहुन्न, ब्यस्त हुनुहुन्छ । चुनाव कसरी गराउन खोज्दै हुनुहुन्छ ? तीन दनि अगाडि ६० वटा जिल्लामा सीडीओ हेरफेर भो । यो अनियमितता र धाँधली होइन भने के हो ? ११ जना डेढ दुई वर्षअघि नियुक्त भएका सर्वाेच्च अदालतका न्यायाधीशहरुमाथि मुद्दा हालियो । मुद्दा दर्ता कसरी भो ? के आधारमा ? तमासा हुँदैछ यस देशको न्यायालयमा । न्यायालयमा बसेको कुनै कर्मचारीले मनमौजी एउटा सेटिङ हुन्छ, एउटा मुद्दा ल्याउँछ, दर्ता गर्छ । यो तमासा होइन ? न्यायाधीशलाई जसो भन्यो त्यसो गराउन पहिले प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता गरियो । अव ११ जनामाथि मुद्दा हालेपछि अरु न्यायाधीश थर्कमान । अँ, बूढानिलकण्ठबाट फोन आयो । बूढानिलकण्ठबाट फोन आयो भनेपछि न्यायाधीशले थरर हुनु परेन ? महाभियोग लाइदिन्छ, निकाल्दिन्छ, बेइज्जत गर्दिन्छ । एउटा पुलिस अफिसरलाई देख्नुभएन ? सिंगै सरकार, सिंगै राज्यका संयन्त्रहरु । दुःखको कुरा अदालतले पनि मुद्दा हरायो । अव के भन्नु ।

कांग्रेस लोकतान्त्रिक पुरानो पार्टी भन्या तपाईंहरुले सुनीआएकै कुरा हो । उहिलेदेखि भोट हाल्या पार्टी हो भनेर कतिपय दाजुभाइ दिदी बहिनीहरु अहिले पनि अल्मलिइरहनु भएको छ । तर, रेल चलाउनु पर्छ देशमा भन्दा कांग्रेस हाहाहाहा कस्तो अचम्मको कुरा गर्यो भनेर हाँस्छ । पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउनु पर्छ भन्यो, कांग्रेस साह्रै नै उखानतुक्का हाल्यो भनेर हाँस्छ । हावाबाट बिजुली निस्किन्छ भनेर एकपल्ट भनेको थिएँ , साह्रो हावा कुरा गर्यो भनेर कांग्रेस हाँस्यो । कांग्रेसका नेता त धेरै लण्डनतिर पढेका छन् । के पढे तिनले छक्क पर्छु म । पाउरोटी मात्रै खाएर आउँछन् कि क्या हो ? नत्र त यति कुरा थाहा पाउनुपर्ने । नेकपा एमाले देश बनाउने संकल्पमा छ ।

(चागुनारायणमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले गरेको सम्बोधनको अंश)

चक्रपथ बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah