एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको ठोकुवा गर्नुभएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको ठोकुवा गर्नुभयो ।

‘हामीले तानेर ६ महिनासम्म लगाएर बल्ल स्थानीय तहको निर्वाचनमा यो सरकारलाई ल्यायौं, यो अपराधिक गठबन्धनले अव प्रादेशिक र संघीय संसदको चुनाव नगर्ने षडयन्त्र थालेको छ । हिजो दलीय बैठकमा पहिले नै सहमति भइसकेको मतपत्रका विषयमा बखेडा झिकेर त्यसको संकेत गरेका छन,’ ओलीले भन्नुभयो ।

मंगलवार प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन आयोगले गरेको तयारी विपरित अलग अलग मतपत्र प्रयोग गर्नुपर्ने अडान राख्नुभएको थियो । पहिले दलहरुसँगको सहमतिमा आयोगले तय गरेको ब्यवस्थाविरुद्ध प्रधानमन्त्री देउवाले आपत्ती जनाएपछि एमाले अध्यक्ष ओलीले त्यसलाई चुनाव नगराउने षडयन्त्रका रुपमा सो भनाई आएको बताउनु भयो ।

‘कतिवटा मतपत्र भन्ने पहिले नै सहमति भइसकेपछि अहिले मतपत्र भएन भनेर यो अपराधी गठबन्धनले बखेडा झिक्ने प्रयास गरिरहेको छ,’ ओलीले भन्नुभयो, ‘तर, हामी निर्वाचन हुन नदिने षडयन्त्रलाई असफल पार्छौं ।’

आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउने प्रयास

ओलीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भरियालाई पदबाट हटाएर भारी बोकाउनेहरुलाई सरकारले जोगाउन खोजेको वताउनु भयो ।

‘आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउने प्रयास भएको छ,’ ओलीले भन्नुभयो, ‘मुख छोपेर जग्गा हेर्न जानेलाई पनि बाँकी राख्नु हुँदैन, जो जो दोषी छन् कसैलाई छोड्नु हुँदैन ।’

भ्रष्टाचार विरुद्ध एमालेले दवाव दिएपछि मात्रै पदबाट हटाउन सरकार वाध्य भएको ओलीको भनाई थियो । ओलीले ११ जना न्यायाधीशमाथि कारवाही गर्ने तयारी सरकारले गरेको वताउँदै राज्यका सवै अंगलाई कार्यकारीबाट आफ्नो बशमा पार्न खोजिएको वताउनुभयो ।

नेकपा एमालेका निकट प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नं. १ ले संबिधान कार्यन्वयनको २ बर्ष बिषयक बिचार गोष्ठिमा बोल्दै उहाँले ओलीले यस्तो बताएका थिए । कर्यक्रम कमिटीका अध्यक्ष इन्द्र भण्डारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah