
प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ।
हालसम्म १०१ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ।
कांग्रेसले सबैभन्दा बढी २९ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ।

अहिलेसम्म कांग्रेसले अग्रता लिएका ३० स्थानः
सिरहाः
- नरहा गाउँपालिका
- सिरहा नगरपालिका
बाराः
- महागढिमाई नगरपालिका
- बारागढी गाउँपालिका
- कोहल्वी गाउँपालिका
- फेटा गाउँपालिका
- सुवर्ण गाउँपालिका
महोत्तरीः
- रामगोपालपुर नगरपालिका
- बर्दिबास नगरपालिका
- एकडारा गाउँपालिका
- बलवा नगरपालिका
धनुषाः
- धनुषाधाम नगरपालिका
- मिथिलाविहारी गाउँपालिका
- बटेश्वर गाउँपालिका
रौतहटः
- चन्द्रपुर नगरपालिका
- गढिमाइ नगरपालिका
- परोहा नगरपालिका
- इसनाथ नगरपालिका
- राजदेवी नगरपालिका
- वृन्दावन गाउँपालिका
सप्तरीः
- खडक नगरपालिका
- कञ्चनरुप नगरपालिका
- बेलीचपेना गाउँपालिका
- कृष्णासबरन गाउँपालिका
- तिलाठी कोइलाडी गाउँपालिका
सर्लाहीः
- हरिपुर्वा नगरपालिका
- मंगलवा नगरपालिका
- कौडेना गाउँपालिका
- धनकौल गाउँपालिका
पर्साः
- जिराभवानी गाउँपालिका
दोस्रो स्थानमा रहेको एमालेले २१ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ।

बाराः
- जितपुर सिमरा उपमहानगरपालिका
- निजगढ नगरपालिका
- आदर्शकोटहवा गाउँपालिका
सिरहाः
- लहान नगरपालिका
- कर्जना नगरपालिका
- नवराजपुर गाउँपालिका
- सखुवानानकारकट्टी गाउँपालिका
- विष्णुपुर गाउँपालिका
सर्लाहीः
- हरिवन नगरपालिका
- ईश्वरपुर नगरपालिका
- लालबन्दी नगरपालिका
पर्साः
- पटेरुवा सुगौली गाउँपालिका
- सखुवा प्रसौनी गाउँपालिका
- पर्सागढी नगरपालिका
रौतहटः
- गौर नगरपालिका
- यमुनामाई गाउँपालिका
सप्तरीः
- सप्तकोशी नगरपालिका
- बलान बिहुल गाउँपालिका
धनुषाः
- मिथिला नगरपालिका
- मुखियापट्टी मुसहरमिया गाउँपालिका
- औरही गाउँपालिका
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १९ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ।




