स्थानीय तहमा नेकपा(एमाले) सबैभन्दा ठुलो दल बन्ने निश्चित भएको छ । २ नम्बर प्रदेशको प्रारम्भिक मत परिणामले एमालेलाई कांग्रेसले जित्न नसक्ने देखिएको छ ।
६ वटा प्रदेशमा एमालेले कांग्रेसले मात्र स्थानीय तहमा ५० तह धेरै जितेको छ । एमालेले २ सय ७६ स्थानीय तह जितेको छ भने कांग्रेसको २ सय २६ मात्र छ । उपप्रमुख तथा उपाध्यक्ष पदमा त एमालेले ६ वटा प्रदेशमा ३ सय १२ तहमा बिजय हासिल गरेको छ । वडा तथा समग्र मतसंख्यामा पनि एमाले अगाडि छ ।
२ नम्बर प्रदेशको प्रारम्भिक मतपरिणमअनुसार कांग्रेस नै अगाडि छ । तर, उसले एमालेलाई जित्न सक्ने भने अवस्था छैन । एमालेलाई जित्न २ नम्बर प्रदेशमा कांग्रेसले ८० भन्दा धेरै तहमा जित्नुपर्छ । तर ५० को हाराहारीमा मात्र उसले जित्ने देखिएको छ । एमालेले करिब ३० तहमा जित्ने देखिएको छ । जसअनुसार करिब ३० स्थानीय तह एमालेले धेरै जितेर पहिलो पार्टी बन्ने निश्चित भएको छ । सत्तारुढ दलको ठुलो षड्यन्त्रका बाबजुत पनि एमालेले स्थानीय तहमा धेरै जितेर पहिलो पार्टी बन्न सफल भएको हो ।
स्थानीय तहमा जस्तै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि पहिलो पार्टी बन्न रणनीति बनाउनका लागि बिहिबारदेखि एमालेले केन्द्रीय कमिटिको बैठक बोलाएको छ । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको तयारीमा एमाले जुटिसकेको छ ।



