काठमाडौ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार नवलपरासीको गैंडाकोटमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले अदालतले स्वतन्त्र भूमिका र गरिमा गुमाएको टिप्पणी गरे । ‘अदालत अदालत जस्तो होस्, निष्पक्ष होस्, स्वाधिनता र मर्यादित होस्’ कठै अदालत भन्दै उनले भने, ‘म भन्न चाहान्छु दूर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन् ।

उनले संवैधानिक अंगहरुको भूमिका निष्पक्ष रहन नसकेको गुनासो गरे ।

माओवादीप्रति टिप्पणी गर्दै ओलीले भने, ‘माओवादी तितेपाती हो, एमाले पिपल हो । तितेपाती ३ महिनामा नै हर्लक्क बढ्छ । ४ महिना मर्छ, पिपलको ३ महिनामा २ वटा पात पलाउँछ तर, दीर्घजीवन बाँच्छ भरपर्दो र पाको हुन्छ ।’

कांग्रेस खानका लागि जन्मिएको उनको टिप्पणी छ । उनले भने, ‘कांग्रेस सकिसक्यो, त्यसमा कुनै जीवन छैन र सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो । अब त्यसका पछि लागेर देश बन्दैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले काण्डैकाण्ड मच्चाएको उनको भनाइ छ । ओलीले प्रश्न गरे, ‘चार पटकसम्म किन प्रधानमन्त्री भएको ? मलाई त लाग्दैन गतिलो मान्छे चार पटकसम्म प्रधानमन्त्री हुन्छ ।

एमाले राष्ट्रवादी शक्ति भएको र आफ्नो पार्टीबिरुद्ध ठूलो घेरावन्दी भइरहेको अध्यक्ष ओलीको भनाइ छ । जनताको साथ रहे त्यसको केही अर्थ नहुने भन्दै उनले भने, ‘माकुराको जालोमा झिंगा पर्दछ, भैंसी पर्दैन ।’ नेपालपाती बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah