
सुरेश बिडारी, वीरगञ्ज
वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म ११ हजार ७ सय २१ मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।
मेयर र उपमेयरमा कांग्रेसले क्रमशः २ हजार ६ सय ४ र २ हजार ९ सय ८० मत ल्याएको छ । दोस्रो स्थानमा रहेर कांग्रेसलाई पछ्याइरहेको राजपा नेपालको उम्मेदवारले क्रमशः २ हजार ५ सय ५८ र २ हजार ३ सय ४८ मत ल्याएका छन् ।
त्यस्तै फोरम नेपालको १ हजार ७ सय ५० र १ हजार ७ सय १४ मत छ ।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयर र उपमेयरमा क्रमशः १ हजार ४ सय २७ र १ हजार १२ मत ल्याएको छ ।
एमालेको १ हजार २ सय ४९ र १ हजार ४ सय ६३ मत छ भने लोकतान्त्रिक फोरमको ७ सय ८८ र ६ सय ३८ मत छ ।



