रौतहटको कटहरिया नगरपालिकामा मतगणनाको विषयमा झडप हँदा एकजनाको ज्यान गएको छ । मतगणनाको विषयमा नेपाली काँग्रेस र राजपा कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि भएको झडपमा कटहरिया नगरपालिका ८ बलुवा टोल घर भएका ५० वर्षका राजपा कार्यकर्ताको ज्यान गएको प्रहरीले बताएको छ ।
बिहीबार बिहान भएको झडपमा मृत्यु भएका रामपुकार यादवको टाउकोमा गहिरो चोट लागेको र उनलाई लाठीले हानेर हत्या गरिएको आशंका गरिएको छ ।



