दमकमा पछिल्लो समयमा चोरी तथा लुटपाटका घटनाहरुले गर्दा सुरक्षा ब्यवस्थाप्रति चिन्ता थपिएको छ । दिनदाहाडै सुन पसलबाट झुक्काएर सिक्री लुटिएको छ भने दूले चोरहरुको बिगबिगि बढ्ेको बताइन्छ । प्रहरीले भने कुनै असुरक्षाको अवस्था नरहेको बताउदै आएको छ ।
केहि दिन अघि दमककी एक शिक्षिकाको घर फोरेर सुनका सिक्री लगायतका गरगहना चोरी भएको थियो । उनले प्रहरीमा समेत खबर गरेकीछन् । यसरी चोरीका घटनाहरु भइरहेकाछन् ।
असुरक्षाको महसुस गरेर नै दमकको मुख्य बजारका ब्यापारीहरुले नीजि सुरक्षा गार्ड नै राखेकाछन् । यहाँ चोरीका घटनाहरु भएपछि नीजि सुरक्षा गार्ड राख्नु परेको दमक उद्योग बाणिज्य संघले जनाइएको छ ।
दशै तथा चाडपर्वमा प्रायजसो धनमाल तथा सूनहरु चोरी तथा लुटपाट हुने गरेको पाइन्छ । प्रहरीले सुरक्षा शर्तकता अपनाएको बताएपनि घटनाहरु भने हुने क्रम रोकिने गरेको छैन ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले दूइ नम्बर प्रदेशको निर्वाचनका कारण केहि सुरक्षाकर्मीहरु त्यता गएकाले सबैतिर सुरक्षाकर्मी खटाउन नसकिएपनि हदैसम्म सुरक्षा ब्यवस्थालाइ मजबूद बनाइएको बताएकाछन् ।



