राजनीतिक दलहरूको भीडमा मुलुकमा फेरि अर्को दलको जन्म भएको छ । विभिन्न वादका नाममा अनेक दल खुले पनि कुनैले पनि देश र जनताको हितमा काम गर्न नसकेको, सबै आफ्नै स्वार्थ पूरा गर्न मात्र उद्यत देखिएको र बीपी कोइरालाले सुन्दर सपनाका साथ स्थापना गरेको दल नेपाली काङ्ग्रेसले समेत बाटो बिराउन पुगेको हुँदा समयसामयिक आधुनिक कार्यक्रम दिन सक्ने वैकल्पिक नयाँ पार्टी आवश्यक परेको तर्कसहित काङ्ग्रेसका पुराना नेता झलकनाथ वाग्लेको अग्रसरतामा नयाँ दल खुलेको हो ।

काङ्ग्रेसका तर्फबाट कुनैबेला मन्त्रीसमेत रहिसकेका वाग्लेले जानकारी दिएअनुसार समृद्ध राष्ट्र निर्माण गर्ने बीपी कोइरालाका वास्तविक अनुयायीहरूको लक्ष्य साकार तुल्याउन ‘नेपाली काङ्ग्रेस (बीपी)’ नामक पार्टी स्थापना गरिएको छ जसको कार्यवाहक सभापति वाग्ले स्वयम् रहेका र नवगठित पार्टीको प्रवक्तामा देवेन्द्र पौडेल तोकिएका छन् । वाग्लेनिकट स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग चरम असन्तुष्टि बढेपछि वाग्लेले नयाँ दल दर्ता गरेका हुन् ।

आफ्नो दलमा आवद्ध भई नेपालले खोजेकोे वास्तविक विकास र समृद्धिको मार्ग पहिल्याउँदै अघि बढ्न आमनेपालीलाई आह्वान गर्दै वाग्ले र पौडेलले एक विज्ञप्ति जारी गरेका छन् । बीपी कोइरालाको १०४औँ जन्मजयन्तिको अवसर पारेर उनैको नाममा दल खोलिएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ– ‘पवित्र नेपाली माटोमा हाम्रा राजनीतिक नेताहरू स्वार्थकेन्द्रित भई आ–आफ्नो दुनो सोझ्याउन लागिदिँदा देशले परिवर्तनको आभास गर्न पाएन । विश्व परिवेश अधुनिक संसारमा प्रवेश गरेर उत्तरआधुनिक विकासका सुविधाहरू प्राप्त गरिरहँदा हाम्रा दाजुभाइ–दिदीबहिनिहरू आफु र आफ्नो सन्ततिको दुई टुक्रा रोटीको जोहो गर्न अरबका गर्मीमा जोतिनुपरेको छ ।

सुख–सुविधाका दृष्टिले एउटै देशका नागरिकबीचमा आकाश र जमिनको भेद छ । राज्यको ढुकुटीमा हुनेखाने र पहुँचवालाहरूको रजगज चलेको छ । आमनागरिकले भने एउटा सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने स्थिति छ । बालबालिकालाई उचित लालनपालन गर्न नसकेर आत्महत्या गर्न बाध्य ती आमाहरू सम्झँदा यी कथित शासकहरूप्रति आक्रोश मात्र पैदा हुन्छ । मानवीय संवेदना मरेको, भ्रष्टाचार र दुराचारमा लिप्त यो देशका हालसम्मका शासकहरू जनताप्रति कहिल्यै जिम्मेवार बन्न सकेनन् ।’

बीपीका सच्चा अनुयायी तथा निष्ठावान् काङ्ग्रेसीका रूपमा चिनिँदै आएका झलकनाथ वाग्लेले विज्ञप्तिमार्फत् अगाडि भनेका छन्– ‘जननायक बीपी कोइराला र वीर शहिदहरूका नाममा सत्तामा पुगेका नेपाली काङ्ग्रेसका नेता हुन् वा यो वा त्यो वाद दर्शाउँदै हत्या–हिंसा तथा आइएनजीओको राजनीतिबाट सत्तामा पुगेका कम्युनिष्ट दलहरू हुन्, सबै सत्तालिप्सा, पद र धनको लोभी, परिवारवादमा सक्रिय रहँदै आएका छन्, परिणामतः देश झन् गरिव हुँदैछ, धनी र गरिवबीचको खाडल बढ्दो छ, पहुँचमा पुगेका र तिनका आफन्तहरू महाजन बन्दैछन् । राजा–रजौटा तथा सामन्तवादको आडमा राज्यको ढुकुटी दोहन गरेका मण्डलेहरूले समेत राष्ट्रलाई गरिवभन्दा गरिव बनाई नै रहे ।’

‘हिजो एकजोर चप्पल लगाउन नसक्नेहरू आलिशान महलमा बस्ने, महँगो गाडि चढ्ने, तारे होटलहरुमा डिनर गर्ने र आफ्ना छोराछोरीहरूलाई विश्वका महँगा विश्वविद्यालयहरूमा पढाउन सक्ने हैसियत बनाएका छन् कसरी ? उत्तर सहज छ– राज्यको ढुकुटीमाथिको लुटमार्फत् !’– वाग्ले भन्छन्, ‘प्राकृतिक, धार्मिक तथा साँस्कृतिक रुपले सम्पन्न भएर पनि उचित र इमानदार नेतृत्वको अभावमा देशले शान्ति पाएको छैन । बीपी कोइरालाले देख्नुभएको सपना पूरा गराउन विचार, दृष्टिकोण भएका नयाँ र आधुनिक कार्यक्रम दिन सक्ने बैकल्पिक प्रजातान्त्रिक शक्तिको खाँचो देखिएको यस समयमा हामी बीपी कोइरालाका वास्तविक अनुयायीहरूले समृद्ध राष्ट्र निर्माणको सपना लक्ष्यमा पुर्‍याउन वैकल्पिक प्रजातान्त्रिक शक्ति स्थापना गरेका हौँ । समाज परिवर्तनका पक्षधर हरेक राष्ट्रप्रेमी, आधारभूत रुपमा नै अनुशासित प्रजातान्त्रिक पद्दतिका पक्षधर तथा प्रतिस्पर्धी समाजवादमार्फत उन्नत आर्थिक क्रान्ति सफल पार्न लाग्ने हर नेपालीको सहयोग र साथको लागि विनम्र आब्हान गर्दछौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah