यसपटक दशैंको टीका नलगाउने पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । उनले शक्तिपीठहरुको दर्शन पनि नगर्ने बताएका छन् ।
देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने उनले बताएका हुन् । पूर्वराजा शाहले दशैंको अष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्दै आएका थिए ।
आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले यो निर्णय गरेको पूर्वराजा शाहले बताएका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र सम्मुनतीमा भएको उल्लेख गरेका छन् । नयाँ बाटो बाट



