दमकको निर्माणाधिन औधोगिक पार्कमा चिनिया लगानीकर्ताहरुको एक टोली आएर स्थानीयसंग छलफल गरेको छ । उनिहरुले तत्काल काम थालनी गर्नका लागि आफूहरु तयार रहेको जनाउ दिएको समेत बताईएको छ ।
औधोगिक निर्माणको पहल गरिरहेका युवा नेता गोबिन्द थापाका अनुसार चिनिया टोलीहरुले स्थलगत रुपमा नै आएर तत्काल उद्योग स्थपना गर्नका लागि आफूहरु तयार रहेको बताएकाछन् ।
अब तत्काल नै यहाँ काम शुरु हुने समेत थापाले बताए । दमकको मात्र नभएर पूर्वको बिकासका लागि यो एउटा ठूलो कदम भएको उनको भनाइ रहेको छ ।
दमकका लागि यो एउटा ठूलो अवसर भएको भन्दै यसलाइ सबैले सफल बनाउनु पर्ने थापाले जनाउनु भयो ।



