गणेशठाडा मगर

नेपाल आईडल बारे केहि कुरा:
(क) नेपाल आईडलमा बिजेता बन्नु भएको बुद्ध लामा, फष्ट रनर अप बन्न सफल निशान भट्टराई तथा सेकेण्ड रनर अप प्रताप दाश भाईहरुलाई हार्दिक बधाई तथा भावि जिवन सफलताको हार्दिक शुभकामना ब्यक्त गरे !

(ख) फाईनलिष्ट तिन जनाको नाममा ९ करोड भोट आएको विभिन्न मिडिया मार्फत जानकारी आयो: यसमा एक तिहाई मात्र SMS मार्फत भोट आएको मान्ने हो भने ३ करोड भोटको प्रति भोट ७ रुपैयाको दरले हिसाव गर्दा २१ करोड रुपैया नेपालीहरुले खर्च गरेको देखियो । त्यसै गरि कतारमा पनि दशौ हजार मानिसले हजारौ रुपैयाको टिकट काटेको तर हजारौ मानिस टिकट काटेर पनि हेर्न नपाएको भिडियो सार्वजनिक भएको थियो । यस अतिरिक्त टप १८ देखि इलिमिनेनस हुदै टप थ्रि सम्म आईपुग्दा त्यतिकै भोट तथा खर्च भएको होला भन्ने अनुमान लाउने हो भने नेपाल आईडल बन्न देश बिदेशमा बस्ने नेपालिहरु बाट एक देखि डेड अर्ब रकम उठेको अर्थात खर्च भएको देखियो ! यत्तिका पैसा नेपालको खाष परियोजनाको बिकासमा लगाउने हो भने कत्ति ठुलो काम हुन्थ्यो होला हगि ???

(ग) प्रतिभा प्रष्फुटनको हिसावले राम्रो भए पनि मनोरञ्जन दिएर पैशा उठाउने उत्तम तरिका पनि रहेछ रियालिटि सो ! कुनै ब्यक्तिलाई जिताउन अभियान संचालन गर्ने क्रममा लाखौ उठाएको र कोठाभरि रिचार्ज भन्ने सम्मको पनि समाचार वाहिर आयो ! त्यस मानेमा बिकास निर्माणमा जुट्न अनुरोध गर्दा सरकार तर्फ औला देखाउने आम जनता (?) पनि यस्तोमा पैसा सिध्याउन कन्जुस्याई नगरेको देखिदा, हामी नेपालीको प्रार्थमिकता कता रैछ भन्ने प्रष्ट भयो हैन ?

(घ) यत्ति पैसा खर्च गरेर पनि ए पि 1 टेलिभिजनले फाइनल प्रत्यक्ष प्रसारण गर्न र नेपाल आईडल हेर्न कुरेर बसेका नेपालीहरुलाई न्याय गर्न सकेन अर्थात आफ्नो औकात देखायो नै ! अर्बौ खर्चेर अनि लाखौको निद हराम गरेर तैयार पारिएको नेपाल आईडलले के नेपाली माझ न्याय गर्न सक्ला ? सकारात्मक सोंच सहित प्रतिक्षा गर्दै शुभकामना चढाऔ !

(ङ) यस बाहेक स्थानिय तहको निर्वाचनको प्रचारलाई पनि छायामा पार्न सफल यो सोले नेपालीलाई एकतृत गर्‍यो वा बिभाजित गर्‍यो: त्यो पाटा पनि सोंचनिय रह्यो भन्ने लाग्छ मलाई ! भोटमा कला र प्रतिभा भन्दा पनि कता कता क्षेत्रियता र जातियताको गन्ध निर्णाएक देखि भोटर सम्म पर्न गयो ! त्यसैले ……फलाना त कतार आईडल हो हाम्रो …नेपाल आईडल तथ फलाना हो भन्ने तथा पैसा नै उठाएर हस्तान्तरण गरेको घटना पनि भयो ! यस बाहेक भोटले फलाना आईडल होला तर वास्तविक जिवनमा …. फलाना फलाना संग प्रतिष्पर्धा गर्नै सक्तैन भन्ने प्रचार पनि भयो ! यस बाहेक जजहरुको क्षमता तथा उद्घोषकको भड्किलो पहिरन र युवा पुस्तामा पर्ने प्रभाव बारे पनि चर्चा भएको पाइयो ।

जे होस अब प्रथम नेपाल आईडलको अध्याय समाप्त भएको छ ! यसबाट पाठ सिकेर सबै अगाडि बढून्, यसले सामाजीक सद्भाव बृद्धि गरोस, अनि नेपाल आईडलहरुले नेपाली सांगितिक क्षेत्रमा उल्लेख्य योगदान गर्न सकोस र नेपालीले गरेको अर्बौको लगानि खेर गएको महसुस हुन नदियोस भन्दै सबैमा दशैको समेत शुभकामना !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah