काठमाडौं । राप्रपाको गत फागुनमा भएको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी कोमल वली एक वर्ष नपुग्दै पार्टी परिवर्तन गर्ने भएकी छिन्। एकता महाधिवेशन भएको एक वर्ष पनि नपुग्दै राप्रपा विभाजन हुन पुग्यो। विभाजन हुँदा राप्रपामै बसेकी कोमल नेकपा एमालेमा प्रवेश गर्ने पक्कापक्की भएको छ।

राप्रपा विभाजन हुँदा केन्द्रीय सदस्य तथा नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपछि कोमल भने कमल थापा नेतृत्वको राप्रपामै थिइन्। पार्टी विभाजन गरेर नेता पशुपतिशम्शेर राणाले ठूलो गल्ती गरेको र पछि पछुताउने बताएकी वलीले अन्नतः कमल थापाको साथ छोडेर एमालेमा प्रवेश गर्न लागेकी हुन्।

रेडियो नेपालको सरकारी जागिर छोडेर पूर्णकालिन राजनीतिमा आएकी गायिकासमेत रहेकी कोमलले आफूलाई वर्तमान स्थितिमा एमालेको एजेन्डा मन परेको बताइन्। वलीले राप्रपामै बसेर राष्ट्रिय राजनीतिमा जम्न नसक्ने निष्कर्षसहित एमाले रोजेको बताइन्। उनले भनिन्,‘सरकारी जागिर छोडेर राजनीतिमा आइसकेपछि राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने पार्टीमै रहनु पर्छ भन्ने हो। त्यसैले राप्रपाभन्दा मेरो लागि एमाले नै उपयुक्त लागेर रोजेकी हुँ।’

नेतृ वलीले एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी समिति सदस्य शंकर पोख्रेल, दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का लगायत एमाले नेताहरुसँगको लामो छलफलपछि एमाले प्रवेश गर्ने निर्णय लिएकी हुन्। वलीले काठमाडौंमै अध्यक्ष ओली र नेता नेपालसँग एमाले प्रवेशपछि आफूलाई दिइने ‘स्पेस’ र जिम्मेवारीबारे गम्भीर रुपमा छलफल गरेकी थिइन्। यतिबेला गृह जिल्ला दाङ पुगेकी कोमलले नेपालखबरसँग कुराकानी गर्दै भनिन्,‘अब एमालेबाटै राजनीति गर्छु।’

एमाले प्रवेशको पूर्वसन्ध्यामा नेतृ वलीले शनिबार साँझ एमाले दाङ जिल्ला अध्यक्ष खड्कासँगसमेत छलफल गरेकी थिइन्। त्यो छलफलमा आफू राष्ट्रिय राजनीतिमा बलियो रुपमा अघि बढ्नका लागि एमाले नै रोजेको बताएकी थिइन्। एमाले दाङ जिल्ला अध्यक्ष खड्काले नेपालखबरलाई दिएको जानकारी अनुसार नेतृ वलीले एमालेले बोकेका राष्ट्रिय एजेन्डाले नै आफूलाई आकर्षित गरेको बताइएकी छिन्। वलीले आफूलाई पार्टीले दिने जिम्मेवारीबारे एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालसँग छलफल भएको तथा पार्टीमा राम्रो स्थान दिने आश्वासन दिएको बताएकी छिन्।

खड्काले केन्द्रीय अध्यक्ष ओली र बरिष्ठ नेता नेपालसँगै एमाले प्रवेशपछिको आगामी बाटो र जिम्मेवारीका विषयमा वलीले आफै कुरा गरेकाले पार्टीले निर्देशन दिएअनुसारको जिम्मेवारी दिन आफूहरु तयार रहेको बताए। नेपालखबरसँग कुराकानी गर्दै खड्काले भने–‘नेतृ वलीले एमालेल बोकेको राष्ट्रियताको एजेन्डाले नै आफूलाई आकर्षित गरेको र राजनीति गर्नकै लागि रोजेको बताउनु भएको छ। प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनबारे पनि उहाँले कुरा राख्नु भएको छ।’

नेतृ वलीले आफू एमाले प्रवेश गरेपछि अध्यक्ष ओलीलगायतका नेताहरुले राम्रो जिम्मेवारी दिने आश्वासन दिएको बताइन्। नेपालखबरसँग कुराकानी गर्दै वलीले भनिन्,‘पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा मलाई सबैभन्दा उपयुक्त पार्टी एमाले नै लाग्यो। त्यसैले अब राप्रपा छोडेर नयाँ शिराबाट राजनीतिलाई अघि बढाउने छु।’

‘सांसदको टिकट पाउने लोभमा एमाले जान लागेकी होइन’
सांसदको टिकट पाउने र पाउँदा जित्ने अवस्था देखेपछि एमाले प्रवेश गर्न लाग्नु भएको हो भन्ने प्रश्नमा ओलीले आफू सांसद पदको टिकटकै लागि एमाले प्रवेश गर्न नलागेको बताइन्।

उनले आफूलाई एमाले प्रवेश गरेपछि अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि टिकट दिने प्रतिबद्धता समेत जनाएको बताइन्। तर, त्यही टिकटकै लागि आफू एमाले जान नलागेको बताइन्।

‘पछिल्लो समय राजनीतिमा आएपछि धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएँ। राप्रपामै बसेर राष्ट्रिय राजनीतिमा आफूलाई अघि बढाउन सक्ने स्थिति देखिएन। राष्ट्रियताका सवालमा एमालेले लिएको अडान र एजेन्डाले पनि मलाई तानेको हो,’वलीले भनिन्। आफूले एमालेमा प्रवेशपछिको राजनीति र जिम्मेवारीबारे धेरै पटक अध्यक्ष ओली र नेपालसँग कुराकानी गम्भीररुपमा पनि गरेको बताइन्।

सोमबार ओलीले टीका लगाएर एमालेमा भित्र्याउने
राप्रपा छोडेर नेतृ वली सोमबार एमालेमा औपचारिकरुपमा प्रवेश गर्दैछिन्। दाङको भरतपुरमा सोमबार दिउँसो आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली, नेता शंकर पोख्रेल लगायतको हातबाट टिका लगाएर एमालेमा प्रवेश गर्ने कार्यक्रम छ।

वलीलाई एमालेमा भित्र्याउन नेता पोख्रेलले पनि पटक पटक भेटेर फकाएका थिए। वली दाङ क्षेत्र नम्बर ३ की स्थानीय भएकाले पनि उनलाई भित्र्याउँदा एमालेलाई प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ठूलो फाइदा पुग्ने एमालेको निष्कर्ष छ।

एमाले दाङका अध्यक्ष खड्काले वलीलाई पार्टीमा आफूहरु स्वागत गर्न आतुर रहेको पनि बताए। ‘सोमबार अध्यक्ष ओलीज्यूले उहाँलाई पार्टी प्रवेश गराएपछि औपचारिकरुपमा सदस्यता दिनेछौं। उहाँ एमालेमा आएपछि हामीलाई थप ऊर्जा थपिनेछ,’उनले भने।नेपाल खबरबाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah