दमक/चाडपर्वको समयमा नीजि नम्बर प्लेटका सवारी साधनहरुले यात्रुहरु ओसारपसार गर्ने तथा ठग्ने कार्य हुन नदिनका लागि सचेत रहनका लागि र यस्तो कार्य रोक्नका लागि जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवाला निकायहरुलाइ निर्देशन दिएको छ ।

कानून बिपरीत तथा अनुमति नलिइ सञ्चालन हुने सवारी साधनहरुलाइ समेत कडाइका साथ अनुगमन गरेर कार्वाही गर्नका लागि झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले सम्बन्धित निकायहरुलाइ निर्देशन दिनु भएको हो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले यात्रु साहयता कक्षलाइ ब्यवस्थित बनाउन र त्यहाँ आएका उजुरी तथा गुनासोलाइ तत्काल सुनुवाइ गर्ने ब्यवस्था मिलाइने समेत बताउनु भएको छ । यातायात ब्यवस्थापनको बिषयमा जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकमा तिवारीले यात्रुहरुलाइ दूब्र्यवहार रहित रुपमा सुरक्षित तवरले नठगिकन यात्रा गर्ने अवस्था सिर्जना गराउन सबैलाइ आफ्नो ठाँउबाट लाग्नलाइ निर्देशन दिनु भएको थियो ।

यस प्रकारका कार्य नियण्त्रणका लागि र यातायातमा सहजता ल्याउनका लागि जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवालाहरुलाइ बोलाएर यस्तो निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीले बताउनु भयो । ब्याक्तिगत प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले समेत यात्रु बोकेर हिड्ने गरेको पाइने भएकाले यस्तो कार्य रोक्नका लागि निर्देशन आएको उहाँको भनाइ रहेको छ ।

एउटा अञ्चलमा दर्ता भएको टाटा सुमो तथा अन्य साना सवारी साधन अर्को अञ्चलमा गएर यात्रु बोक्न नपाउने प्रावधान रहेको भएपनि यसको समेत उल्ङ्घन हुदै आएकाले यसलाइ पनि रोकिने बताईएको छ । अहिले रुट परमिट नबनाइ तथा बीचबाटोसम्मको रुटपरमिट बनाएर पुर्वी नेपालबाट राजधानी तथा राजधानीबाट पुर्व नेपालमा सवारी साधनहरु कुदिरहेकाछन् ।

सवारी साधनको दूरुपयोग र सवारी साधनका कारण हुनसक्ने दूर्घटना न्यूनिकरण गर्नका लागि आफूहरुले समेत मातहतका झापाका सबै कार्यालय तथा यूनिटहरुलाइ बोलाएर निर्देशन दिइ सकिएको गिरीले जनाउनु भएको छ । त्यसै अनुसार अहिले बिभिन्न ठाँउहरुमा जाँच र अनुगमन तिब्र बनाईएको पनि जनाइएको छ ।

सवारी साधनहरुको सञ्चालनलाइ ब्यवस्थित बनाएर दूर्घटना रहित चाडपर्व बनाउनका लागि सबैसग समन्वय गरेर काम गरिने पनि उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah