बिष्णुप्रसाद पोखरेल

हामीले बुझेको भगवान डाक्टर हुन् जसले मृत्युको मुखबाट मानिसहरुलाइ बचाउने गर्छन् । अपवादमा बाहेक बिरामीहरु अस्पताल आएर डाक्टरको उपचारपछि निको भएर जाने गर्छन् । यसर्थ अस्पताल मन्दिर हो । बिरामीहरु पुजारी हुन् । जस्ले मन्दिर अस्पताल र भगवान डाक्टर पुकार्न पुगेको हुन्छ ।

पछिल्लो पटक अस्पतालमा लापरवाहीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न डाक्टरले नै क्षतिपूर्ति तिर्नु पर्ने गरि कानून आउन लागेपछि अहिले नेपालका सबै अस्पतालका डाक्टरहरु हड्तालमा उत्रेकाछन् । यो स्वास्थ्यमाथिको खेलवाड र मानवीय संकट उत्पन्न गराउने एउटा कदम हो ।

स्वास्थ्यकर्मी तथा डाक्टरहरुको पनि बाध्यता हुन सक्छ किनकी मान्छे जब मर्ने अवस्थामा आउछ तवमात्र अस्पताल आउछ । उसको अस्पतालमा मृत्यु भयो भने कतै डाक्टरले नै क्षतिपूर्ति तिर्नू त पर्दैन ? अनि डाक्टरले नै सबै दोष लिनु पर्ने त होइन ?

मेरो ब्याक्तिगत एउटा सेवाग्राहीको हिसावले डाक्टरले राखेको अहिले माग पनि जायज छैन र सरकारले ल्याउने भने कानून पनि उपयुक्त छैन । यहाँ लापरवाही गर्ने छुट कसैलाइ पनि छइन् । चाहे डाक्टरहोस या अन्य कुनै पनि पेशामा संलग्न पेशाकर्मी नै किन नहोस् ।

अस्पताल तथा क्लिनिकहरुले शर्त पालना गरेर नै आफ्नो सेवा शुरु गरेकाछन् । जहाँ डाक्टरहरु कार्यरत रहेकाहुन्छन् । यसर्थ यसको दायित्वबोध सम्बन्धित स्वास्थ्य संस्थाले लिनु पर्छ । स्वास्थ्यकर्मी तथा डाक्टरहरुलाइ ति स्वास्थ्य संस्थाले दायित्वबोध गराउनु पर्छ ।

अस्पतालमा बिरामीहरु मर्न सक्छन् त्यस्तो अवस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थामाथि हातपात गर्नु अपराध र कानून हातमा लिनु नै हो । यस्तो भएमा कानूनी कार्वाही त्यस्तालाइ हुनु पर्छ ।

यदि डाक्टर र स्वास्थ्य संस्थाको लापरवाहीले हो भने सम्बन्धित स्वास्थ्य संस्था तथा उपचारमा संलग्नलाई कार्वाही हुनै पर्दछ । आफूलाइ चाहि केहि गर्नु हुदैन तर आफूहरुलाइ कसैले हातहालेमा भने जेल नै पठाउनु पर्छ भन्ने माग कसरी जायज मान्न सकिन्छ ?

अस्पतालमा कसैको मृत्यु भएमा र लापरवाहीले हो भन्ने कसैलाइ लाग्छ भने तत्काल उजुरी लिने र त्यसपछि छानबिन गर्ने निकाय जिल्ला स्तरमा नै हुनु पर्दछ । बिज्ञ र सेराकारवालाहरुको यस प्रकारको निकाय बन्यो भने त्यसले घटनाहुन साथ लापरवाही हो या होइन आफ्नो राय दिने हो भने समस्याको सामधान हुन सक्छ ।

यदि रायलाइ नमान्ने अवस्था आएमा र त्यस्तो निकायको निर्णयलाइ इन्कार गरेमा इन्कार गर्ने पक्षलाइ कानून बमोजिम कार्वाही हुनु पर्दछ । यस प्रकारको पद्धती बिकास गर्न सकिएमा समस्या सामधान हुन्छ ।

आफ्नो अधिकारका लागि अर्काको अधिकारको वेवास्था गर्ने र आफूलाइ आन्दोलनको भर सर्वशक्तिमान बनाउने प्रयासमा भएमा यो दूर्भाग्य हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah