काठमाडौं । तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा भएको निर्वाचनमा नतिजा अन्तिम अवस्थामा पुग्दा दलहरूको हैसियत लगभग टुंगो लागेको छ। १०० सिट जित्ने दाबी गरेको कांग्रेस २ नम्बर प्रदेशमा पहिलो पार्टी त बन्यो तर ४० सिट जित्न पनि उसलाई गाह्रो नै पर्यो ।

कांग्रेसले आफ्नो आधारभूमी मान्दै आएको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनाता पार्टीसँग १० हजार मतअन्तरले पराजित हुन पुग्यो भने नतिजा आउन बाँकी वीरगञ्ज महानगरपालिकामा पनि जितका लागि ढुक्क हुन सक्ने अवस्था छैन ।

त्यसैगरी २ नम्बर प्रदेशमा आफू नै पहिलो पार्टी बन्ने दाबी गरेका नेकपा एमाले, माओवादी, संघीय समाजवादी फोरम, राजपा ३० सिट भन्दा कम मै चित्त बुझाउन बाध्य भए । ४ नम्बर प्रदेशबाहेक यसअघि पहिलो दल बनेको एमाले त झन पाँचौं दलमा सिमित हुन पुग्यो । यद्यपी देशभरकै नतिजामा भने एमाले करिब ३० सिटले अगाडि नै रहयो भने कांग्रेसले एमालेसँगको सिटअन्तर ५० बाट ३० मा झार्न सफल भयो।

२ नम्बर प्रदेशका एक महानगरपालिका, ३ उपमहानगरपालिकासहित १३६ स्थानीय तह र १ हजार २७१ वडाबाट ६ हजार ६२७ पदका लागि निर्वाचन भएको थियो । जसका लागि करिब ३६ हजारको उमेदवारी परेको थियो । २ नम्बर प्रदेशका २६ लाख ६४ हजार ९५० मतदातामध्ये करिब ७७ प्रतिशतले निर्वाचनमा भाग लिएका थिए ।
कुन जिल्लामा कुन दलको हैसियत कस्तो?

पर्सामा राजपा निल
२ नम्बर प्रदेशको महानगर रहेको जिल्ला पर्साबाट सुरु गरौं । वीरगञ्ज महानगरसमेत रहेको पर्सा जिल्लामा संघीय समाजवादी फोरम र कांग्रेसबीच पहिलो दल को बन्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । वीरगञ्जको नतिजा आएपछि यी दुई दलमा को पहिलो बन्छ भन्ने टुंग्गो लाग्नेछ।
पछिल्लो नतिजाअनुसार ३ तह जितेको संघीय समाजवादी फोरमले वीरगञ्जमा पनि अग्रता लिइरहेको छ । कांग्रेसले ३ तह जितेको छ भने वीरगञ्जमा फोरमसँग प्रतिस्पर्धामा छ । त्यसैगरी माओवादी केन्द्रले पनि ३ तह जितेको छ भने एमालेले २ र नेपाली जनता दलले २ तहको नेतृत्व समाहल्न पक्का भएको छ । तर,  मधेस अन्दोलनको नेतृत्व गरेको बताउने राष्ट्रिय जनता पार्टी भने पर्साका कुनै तह पनि जित्न सकेन ।

बारामा काग्रेस र समाजवादी फोरम बलियो
२ उपमहानगरपालिका सहित १६ तह रहेको बारा जिल्लामा कांग्रेस र संघीय समाजवादी फोरमले समान ४/४ तह जितेका छन् भने नतिजा आउँन बाँकी मध्ये बारागढी गाउँपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ भने सदरमुकाम कलैयामा एमाले/कांग्रेस र संघीय समाजवादीले आलो/पालो अग्रता लिइरहेका छन् । बारा जिल्लामा आफूलाई बलियो पार्टी ठान्ने एमालेले जीतपुर-सिमरा उपमहानगरपालिकामा जित हासिल गरेको छ भने कोहल्वी नगरपालिकामा जित नजिक पुगेको छ । त्यसबाहेक आफ्नो गढ ठान्ने निजगढ नगरपालिकामा कांग्रेस माओवादी गठबन्धनसँग एमाले पराजित हुँदा बारामा पनि कमजोर सावित भयो । त्यसैगरी राष्ट्रिय जनता पार्टीले ३ र नेपाल लोकतान्त्रिक फोरमले १ तह जित्न पुग्यो ।

रौतहटमा एमाले शून्य, कांग्रेस बलियो
एमाले नेता माधवकुमार नेपालको जिल्ला रौतहटमा एमाले निकै कमजोर सावित भयो । जहाँ गौर नरपालिका र चन्द्रपुर नगरपालिका बाहेक अन्य तहमा दोस्रो स्थानमा पनि एमाले देखिएन । उपप्रमुखमा पनि चन्द्रपुरमा मात्रै एमालेले आफ्नो पक्षमा पार्न सफल भयो । १८ तह रहेको रौतहटमा कांग्रेसले ८ तह जित्यो भने नतिजा आउन बाँकी गरुडा नगरपालिकामा पनि संघीय समाजवादीसँग प्रतिस्पर्धामा छ । त्यसैगरी दोस्रो दलको रूपमा रहेको संघीय समाजवादीले ३ तहमा जित हासिल गरेको छ भने गरुडामा अग्रता लिइरहेको छ।

त्यसैगरी माओवादी केन्द्रले ३ तह जितेको छ भने राजपाले २ स्थानमा चित्त बुझाएको छ । नेपाल लोकतान्त्रिक फोरमले १ तहमा चित्त बुझाएको छ ।

सर्लाहीमा पहिलो बन्दै राजपाले जोगायो नाक
राजपाका तीन शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको जिल्ला सर्लाहीमा ६ तह जित्दै उक्त पार्टीले आफ्ना नेताको नाक जोगाएको छ । २० स्थानीय तह रहेको सर्लाहीको सदरमुकामसहित ५ तह जितेको कांग्रेस दोस्रो दल बन्यो भने एमालेले ४ तहमा जित हासिल गर्‍यो। त्यसैगरी माओवादी केन्द्रले ३, संघीय फोरमले १ र नेपाल लोकतान्त्रिक फोरमले १ तहमा जित हालिल गरे ।

महोत्तरीमा राजपाको बहुमत, एमाले निल
राजपा १५ तह रहेको महोत्तरी जिल्लामा सदरमुकाम जलेश्वरसहित ७ तहको प्रमुख र ९ तहको उपप्रमुख जित्दै राजपाले जिल्लामा स्पष्ट बहुमत सिट जितेको छ । यो सँगै जिल्ला समन्वय समिति पनि राजपाले एकल बनाउने भएको छ । त्यसैगरी महोत्तरीको ठूलो बर्दिबास नगरपालिकासहित ४ तह जित्दै माओवादी दोस्रो दल बनेको छ भने कांग्रेसले ३ तहमा जित्त बुझाएको छ । यता संघीय समाजवादी फोरमले १ तहमा जित हासिल गर्दा एमालेले भने कुनै तह जित्न सकेन ।

जनकुपरमा पराजित भएपनि धनुषामा कांग्रेस पहिलो  
दुई नम्बर प्रदेशमा पहिलो दल हुँदा सर्वत्र चासोका साथ हेरिएको जनकपुर उपमहानगरपालिकामा १० हजार मत अन्तरले राजपासँग पराजित हुन पुगेको कांग्रेस जिल्लामा पहिलो दल भने बनेको छ । धनुषाका १८ मध्ये ७ तहमा जित र नतिजा आउन बाँकी सबैला नगरपालिकामा अग्रता लिइरहेको छ । त्यसैगरी ४ तह जितेको एमाले दोस्रो दल बनेको छ भने माओवादी २ तहमा जित र मतगणना जारी सबैलामा कांग्रेसलाई नजिकबाट टक्कर दिइरहेको छ ।
त्यस्तै संघीय समाजवादी फोरम र राजपाले धनुषाका २/२ तहमा चित्त बुझाए ।

सिराहामा माओवादी पहिलो 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित सिराहा जिल्लामा उक्त पार्टीले ६ तह जित्दै नेतृत्वको नाक राख्न सफल भएको छ । त्यसैगरी संघीय समाजवादी फोरमले सदरमुकाम सिराहासहित ५ तहमा जित्दा एमाले जिल्लामा सबैभन्दा धेरै मतदाता रहेको लहान नगरपालिकासहित ४ तह जित्यो । नेपाली कांग्रेस भने सिराहामा २ तहमै सिमित भयो ।
सप्तरीमा कांग्रेस र समाजवादी बलियो
दुई नम्बर प्रदेशको पूर्वी जिल्ला सप्तरीमा सदरमुकाम राजविराज बाहेक सबै तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस र संघीय समाजवादी फोरमले  समान ५/५ तह जितेका छन् । राजविराजमा समाजवादी फोरमले नै अग्रता लिइरहेको छ । त्यसैगरी राजपाले ४ तहमा विजयी भएको छ भने एमाले २ तथा नयाँ शक्ति पार्टीले १ तहमा जित हासिल गरेको छ ।

दलहरुको दाबी हचुवा
नतिजा अन्तिम हुँदा समग्रमा कुनै पनि दलले आफ्नो दाबीको नजित पुग्न नसक्दा करिब ४० तह जित्दा कांग्रेस पहिलो पार्टी बन्यो भने संघीय समाजवादी फोरमले आफ्नो बलियो उपस्थिति देखायो । त्यस्तै माओवादी केन्द्र र ६ पार्टी एकीकरण गरेर बनेको राजपाले सन्तोषजनक नतिजा प्राप्त गरे । देशभर पहिलो दल बनेको एमाले भने पाँचौ दलमा सिमित हुन पुग्यो। जसले गर्दा १०० सिट जित्ने कांग्रेस र आफै पहिलो पार्टी बन्ने अन्य दलको दाबी हचुवा सावित हुन पुग्यो। बार्हखरिबाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah