काठमाडौँ ८ असोज – नेपालमा पहिलो पटक आयोसिजत अन्तर्राष्ट्रिय फ्रेन्चाइज टीभी रियालिटी सो नेपाल आइडलको पहिलो संस्करण शुक्रबार रातीबाट सकिएको छ । प्रतिष्ठाको पहिलो आवाज नारा दिइइको पहिलो नेपाल आइडल बुद्ध लामा बने । उनले थुप्रै पुरस्कार पनि जिते । अन्तिम चरणमा आएर निकै बिबादित बनेको नेपाल आइडल सर्वोच्चसम्म पनि पुग्यो । जसरी तामझामका साथ यसको प्रचार प्रसार गरिएको थियो सुरुवाती चरणदेखि जुनकिसिमको लोकप्रियता बनाकएको थियो त्यो गरिमा एक रातमा स्वाहा भयो आउनुस् कतारमा खास के के भएको थियो । यी हुन् नेपाल आइडलका पर्दापछाडिका बास्तबिकता
शुक्रबार राती कतारको दोहामा सम्पन्न नेपाल आइडलको समापन समारोह निकै खल्लो भयो । आयोजकको लापरवाही र व्यवस्थापकीय अक्षमताका कारण सम्भवत नेपाली टेलिभिजनको इतिहास मै पहिलाृ पटक दर्शकमाथि यति ठूलो बैमानी गरियो । आयोजकले हजारौंको उपस्थीतिलाई आयोजकले सफलताका रुपमा हेरेपनि नेपाल आइडलको समापन कार्यक्रममा वास्तवममा निकै झुर र तल्लो स्तरको भयो ।

१ . टेलिभिजनमा नै भएन लाइभ, एच डीले हावा खायो

नेपाल आइडलको फाइनल एपी वान टेलिभिजनमा लाइभ आउने भनेर ब्यापक प्रचार प्रसार भयो तर टेलिभिजनमा कार्यक्रम रियल टाइम लाइभ गर्न नसक्नु आयोजकको सबैभन्दा ठूलो असफलता रह्यो । कार्यक्रम न टेलिभिजनमा लाइभ भयो न त एपी वानको आधिकारिक सामाजिक सञ्जाल वा अन्य माध्यमबाट । जसका कारण नेपालमा मध्यरातसम्म कुरेका दर्शकहरुमात्र होइन, विश्वभरबाट निकै उत्सुकताका साथ नेपाल आइडलको प्रतिक्षामा रहेका दर्शकहरु निराश भए । एपीवानले लाइभ गर्न नसकेपछि उपस्थीत केही दर्शकहरुले टाढा टाढाबाट मोबाइलबाट गरेको लाइभ माथि पनि आयोजकले कपिराइट हानेर गर्न दिएन । एपीवानको लाइभ गर्न नसकेपछि केही अनलाई संचारमाध्यमहरुले लाइभ दिने प्रयास गरे तर कपिराइट क्लेमका कारण त्यो पनि निरन्तर चल्न सकेन ।

२. दर्शकलाई नराम्रोसँग झुक्याइयो

प्राविधिक कमजोरीका कारण लाइब गर्न नसकेपछि त्यो दर्शकलाई समय मै जानकारी गराउनु पथ्र्यो तर नेपालको पहिलो एच डी टीभी भन्दै दादागिरी देखाउने एपी वानले त्यसो गरेन । कमसेमक आधिकारिक फेसबुक पेजमा आफैले लाइभ दिन सकेको भए पनि हुने थियो तर त्यो पनि एपी वानले गर्न सकेन । तर केही समयमा प्रशारण हुँदैछ भन्दै राती अबेरसम्म पनि टेलिभिजनले घण्टौं झुठो बोलिरह्यो, नेपालमा रहेका दर्शकहरु मध्यरातसम्म कुरेर बसिरहे । आफूहरुलाई नराम्रो झुक्याइएकोमा दर्शकहरु निरास मात्र होइन निकै आक्रोशित भएका थिए , यसको प्रतिक्रिया सामाजिक सञ्जालहरुमा निकै आएका पनि थिए ।
आयोजकले बैकल्पिक ब्यवस्था गरेर पनि दर्शकहरुको बेग्र प्रतिक्षा र चाहनालाई आंशिक रुपमा भए पनि सम्बोधन गर्न सक्थ्यो तर त्यतीसम्म बुद्धि पु¥याउन सकेन एपी वान एच डी टेलिभिजनले । उसले त जसरी भएपनि नेपाल आइडल कार्यक्रम सक्ने र पैसा पचाउने मनस्थीतिमा मात्र देखियो ।
उता हलमा उपस्थित भएका हजारौँ दर्शकलाई समेत टीभिमा लाइभ आइरहेको भन्दै झुक्याइयो । बेलाबेलामा ओप्पो क्यामेराफोन ब्रेक भन्दै दुईतीनमिनेटसम्म कार्यक्रममा आयोजकहरु चुप लागेर बस्ने गर्थे । उनीहरुले टेलिभिजनमा कार्यक्रम लाइभ भइरहेको र ब्रेकमा आफूहरु बोल्न नमिल्ने भन्दै चुप लागेर बस्दा दर्शकहरु होहल्ला गरिरहेका थिए । तर कार्यक्रम टेलिभिजनमा लाइभ भएको थिएन । ब्रेकको समयममा स्थानीय विज्ञापनदाता वा सहयोगीहरुको नाम लिएको भए शायद स्थानीय विज्ञापनदाताहरु र सहयोगीहरु खुशी हुन्थे होला, तर त्यसो गरिएन । हजारौं दर्शकले हेरिरहेको कार्यक्रम नै रोकेर चुप बस्दा हास्यास्पद देखिएको थियो ।

३. आयोजकलाई हतकडी र भीआईपीलाई लाठी

धेरैलाई थाहा नहोला सुन्दा हास्यास्पद अर्को घटना हो आयोजक नै स्थानीय प्रहरीको नियन्त्रणमा परेका थिए । केहीलाई कतारी प्रहरीले हतकडी नै लगाएको थियो । समाचार स्रोतका अनुसार कार्यक्रम गर्दा नियम पालना नगरेको र उल्लंघन गरेको भन्दै स्थानीय कतारी प्रहरीले आयोजकलाई हतकडी लगाएको थियो । दुईजना स्थानीय आयोजकलाई प्रहरीले कार्यक्रम अवधिभर हतकडी लगाएर राखेको बताएको छ । आयोजकलाई हतकडी लगाइएपछि आयोजकहरु राजदूत गुहार्न पुगेको स्रोतले बतायो ।
आयोजकको व्यवस्थापकीय कमजोरीका कारण भीआईपी र भीभीआईपी दर्शकहरुले समेत स्थानीय कतारी प्रहरीको दुब्र्यबहार खेप्नु परेको थियो ।

४. टिकट किनेका दर्शकले कार्यक्रम हेर्न पाएनन्

कतारको गर्मीमा काम गरेर कमाएको पैसाले ५० देखि २ सय रियालसम्म खर्च गरेर टिकट किनेका कैयन दर्शकहरुले कार्यक्रम नै हेर्न पाएनन् । टिकट किनेका झण्डै १ हजार दर्शकहरुलाई कार्यक्रम स्थलमा छिर्न दिइएन । आयोजकले हलको क्षमताभन्दा धेरै टिकट बेचेपछि टिकट किनेकाहरु कार्यक्रम स्थलमा छिर्न पाएनन् । टिकट किनेर कार्यक्रम स्थलमा छिर्न नपाउनेहरु अधिकांश श्रमिक नेपालीहरु रहेका थिए । उनीहरुलाई आयोजकले कार्यक्रमस्थलमा छिर्न दिए, न त उनीहरुले किनेको टिकटको रकम नै फिर्ता दिए ।

५. स्थानीय विज्ञापनदाता र सहयोगीहरु असन्तुष्ट

आयोजकले स्थानीय विज्ञापनदाताहरुबाट १० हजारदेखि २० हजार रियालसम्म रकम लिएका थिए । स्रोतका अनुसार आयोजकले स्थानीय विज्ञापनदाताबाट झण्डै ३ लाख रियाल संकलन गरेपनि कुनै स्थानीय विज्ञापनदाताको नाम लिइएन । जसका कारण स्थानीय विज्ञापनदाताहरु निकै असन्तुष्ट बनेका छन् । लाइभ सेसन भनिएको बेलामा नभएपनि अन्य समयममा आयोजकले स्थानीय विज्ञापनदाता र सहयोगीहरुको नाम लिन सक्थे तर त्यसो पनि उनीहरुले गरेनन् । ओप्पो क्यामेराफोन ब्रेक भन्दै तीन मिनेटसम्म चुप लागेर बसेको समयमा पनि स्थानीय विज्ञापनदाता र सहयोगीको नाम लिन सकिन्थ्यो । तर आयोजकले त्यसो गरेनन् । स्रोतका अनुसार विज्ञापनदाताले गुनासो गर्दा एपीवान टेलिभिजनका सीईओ र अन्यले आफूहरुलाई स्थानीय सहयोगीबारे मतलव नभएको भन्दै गैरजिम्मेबार जवाफ दिएका थिए । स्थानीय विज्ञापनदाताहरु कैयन नेपाली व्यवसायदेखि कतारी व्यवसायहरु समेत थिए । सानादेखि कतारका बैंकसम्मले कार्यक्रममा विज्ञापनको लागि भन्दै रकम दिएका थिए । आयोजकले उनीहरुबाट कार्यक्रम अगाडि नै रकम असुलेका थिए । तर कार्यक्रममा उनीहरुको न नाम लिइयो, न विज्ञापन बजाइयो ।

६. कार्यक्रम शूरु गर्न ढिलाई

कतारी समय अनुशार बेलुका ५ बजे कार्यक्रम सुरु हुने बताइएको थियो । तर तोकिएको समयभन्दा ३ घण्टा ढिलो सुरु भयो कार्यक्रम । कतारी समय अनुशार बेलुका ८ बजेदेखि कार्यक्रम सुरु भएको थियो । कार्यक्रम समयमा सुरु नभएपछि उपस्थीत दर्शकहरुले कार्यक्रम छिटो सुरु गर्न दवाव दिदै कार्यक्रमस्थलमा होहल्ला गरेका थिए । तर पनि न आयोजकले कार्यक्रम समयमा सुरु गर्न सके न त लाइभ नै गर्न सके । यस्तै थुप्रै भद्रगोल परिस्थितिका बीच नेपाल आइडल कतारमा सकिएको छ । बिगुल न्युज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah