काठमाडौँ ।  प्रदेश नम्बर दुईमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम अब अन्तिम चरणमा पुगेको छ ।

१३६ मध्ये १३२ स्थानीय तहको नतिजा आइसकेको छ भने ४ वटा स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ ।

वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगर पालिका, बारागढी गाउँपालिका र राजवीराज नगरपालिकाको मतगणना बाँकी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार २५ नगरपालिका र १३ गाउँपालिका जितेर काँग्रेस ३८ स्थानीय तह जित्दै पहिलो हुने निश्चित देखिएको छ ।

दोस्रो स्थानमा ९ नगरपालिका र १६ गाउँपालिकासहित २५ स्थान जितेर संघीय समाजवादी फोरम नेपाल दोस्रो स्थानमा कायम छ ।

तेस्रो स्थानमा १ उपमहानगरपालिका, १२ नगरपालिका र ११ गाउँपालिकासहित २४ स्थान जितेर राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ ।

माओवादी केन्द्रले १३ नगरपालिका र ८ गाउँपलिका जितेर माओवादी केन्द्रले जम्मा २१ स्थानीय तह जितेको छ । नगरपालिका जित्ने पार्टीमध्ये माओवादी दोस्रो स्थानमा छ ।

मधेसमा अप्रत्यासित रुपमा कमजोर प्रदर्शन गरेको नेकपा एमालेले १ उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ स्थानीय तह जितेको छ ।

नेपाल लोकतान्त्रिक फोरमले १ नगरपालिका र २ गाउँपालिकामा विजयी हासिल गरेको छ भने नेपाल जनता दलले १ नगरपालिका र १ गाउँपालिका जितेको छ ।

नयाँ शक्ति नेपाल पार्टीले मात्र १ गाउँपालिका जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah